पहाडको टुप्पोमा भेटियो आमाको एक्लो घर, छोराले हेरेन, श्रीमानले अर्की लिएर हिँडे (भिडियो सहित)

६४ बर्षकी शान्ति थिङको मक’वानपुर इन्द्रशरोवर गाउँपालिकाको कलं’कीमा एउटा सानो झुप्रो छ । त्यही झुप्रोमा कट्यो शान्तिको १८ बर्ष । पहाड र चट्टानले भरिएको त्यो जंग’ललाई उनले मान्छे बस्न हुने बनाएकी छन् ।काठमा’ण्डौबाट मकवानपुरको कुलेखा’नी हुँदै हेटौंडा पुग्ने बाटोको छेवैमा उनको सानो घर छ । नजिकै बाटो त छ तर वरपर टाढा टाढा’सम्म पनि अन्य घरहरु छैनन् । यो अनकन्टार ठाउँमा शान्ति एक्लै बस्छिन् । ‘अहिले घाम मधुरो हुँदै गएपछि मृग, मयुर आएर आँगनै खेल्न थाल्छन्’ हा’मीसँग गफिदै शान्तिले भनेकी छन् ।

उनी बस्ने त्यो ठाउँ’बाट तल रमाईलो फेदी अनि अग्ला’अग्ला पहाडा मात्रै देखिन्छन् । हावा चिसो चल्छ । घेरै अग्गो ठाउँमा भएकाले घाम पारिलो लाग्छ । तर पारिलो घा’मको मात्रै उनलाई अनुभव छ । परिवार अनि परिवारको माया, त्यसको अनुभव भने छैन ।छोराछोरी सानै हुँदा कान्छि लि’एर श्रीमान एक्लै बस्न थाले । शान्तिले निकै दुख गरेर छोराछोरी हुर्काईन । अनेक दुख सहरे हुर्का’एका दुई छोरीको दाहसस्कार शान्ति आँफैले गरिन् । ‘छोरी मर्दा त आउछ भन्ने लागेको थियो ’ छाडेर गएको श्रीमान तर्फ संकेत गर्दै शान्तिले भनिन्, ‘आएन उसको खुन हो आउ’न पर्दैन ?’

श्रीमानको पा’लोमा नपाएको सुख छोराको पालामा पा’उछु भन्ने आसमा उनले दिनरात मेहनत गरिरहिन । ‘म पनि अर्कोसित जान सक्थे’ शान्ति भन्छिन्, ‘मेरा छो’राछोरी थिए, उनिहरुको बिचल्ली हुन्थ्यो ।’ तर छोराले पनि शान्तिलाई सुख दिन सकेनन् ।विवाह गरेपछि बुहारी लिएर छोरो छु’ट्टै बस्न थाले । अनि एक्लै भईन् शान्ति थिङ । अहिले बिरामी पर्दा तातो पानी खान दिने नत परिवा’रका सदस्य छन् नत छिमेकी नै । तर पनि शरिरले साथ दिउ’ञ्जेल दुख गर्ने शान्ति बता’उछिन् ।

यो पनि पढ्नुहोस् :  : विदेश हिंडे’का श्रीमानलाई घरमै जागिर ! दुर्गामायाले हास्दै भनिन्, ‘बुढालाई बंगुर खसी पार्न सिकाएँ’ : चितवनको खैरहनी नगर’पालिका वडा नम्वर ३ मा दुर्गामाया गुरुङको बंगुर फार्म छ । दुर्गामायाले २०६६ सालबाट बंगुर पाल्न थालेक हुन् । उनको केबी बंगुर फार्म छ । स्थानीय समुहले दिएका बंगुरका पाठा’पाठीबाट उनको बंगुर व्यव’साय सुरु भएको हो । अहिले उनको फार्ममा ५० वटा बंगुर छन् । ५० मध्ये २३ वटा माउ छन् । दुर्गामायाको फार्मबाट बंगुर पा’ठापाठी धेरै बिक्छन् । ‘मासु बेच्ने गरेको छैन’ दुर्गामायाले भनिन्, ‘घरबाटै पाठापाठी बिक्छन् ।’

दुर्गामा’याले यसरी महिनामा ५० हजार कम्तिमा कमाउँछिन् ।उनले श्रीमानलाई समेत घरमै जा’गिर दिएकी छन् । वैदेशिक रोजगारीका लागि मले’सिया जान लागेका श्रीमानलाई घरमै राखिन् । अहिले श्रीमानले टेम्पो चलाउछन् । श्रीमान श्रीमती मिले’र बंगुर पालेका छन् । छोराछोरीलाई राम्रो पढाए ।इन्जिनियरको रुपमा छोराले घर नजिकै स्थानीय तहमा काम गर्छन् । छोरी अस्प’तालमा ल्याब टेक्नि’सियनको काम गर्छिन् । घरमा सुख शान्ति छ । सबै उनले सोचे जस्तै भएको छ । त्यसैले त खुसी छन् दुर्गा’माया । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्