जेठमा संचालन हुने, यो वर्षको एसईई परीक्षाको तालिका यस्तो छ हे’र्नुहोस्

हरेक वर्ष चै’तमा हुने एसईई परिक्षा यो वर्ष जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्य’मिक शिक्षा परीक्षा ९एसईई० जेठमा गर्ने निर्णय गरेको छ । परिक्षाको समय तालिका समेत परिक्षा वोर्डले सार्वज’निक गरेको छ ।

एसईई परीक्षा आगा’मी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने निर्णय मंगलबार गरेको बोर्डले गरेको हो । सोही निर्णय बमोजिम बुधबार परीक्षा तालिकासमेत सार्व’जनिक गरेको हो ।

तालिका अ’नुसार विहान ८ वजे देखि सुरु हुने परिक्षा जेठ १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी वि’षयको परीक्षा हुने छ । सोही दिन वेदविद्या’श्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्य, अनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ । जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ । जेठ १६ गते अनिवा’र्य गणित र जेठ १७ गते अनिवार्य विज्ञान वि’षयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

जेठ १८ गते सामा’जिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ । २० गते ऐच्छिक ग’णितको परीक्षा हुने छ । सो दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चा’लन हुने छ । – इताजाखबर बाट

प्रतिकृया दिनुहोस्