कफी कत्तिको मन पर्छ? एक डाक्टरले कफीको दानासँगै साङ्ला पनि पिसिने यस्तो दिए जानकारी (भिडियो हे’र्नुहोस्)

मानिसको दैनिकीसँग कफी जो’डिएको छ । कतिलाई त कफी नपि’इकन दिनको सुरु’वात नै भएजस्तो लाग्दैन । तर यहाँ एक अलि दुःखको खबर बाहिरिएको छ । सूचनामुलक भिडियोमार्फत टिक’टकमा लाखौं दर्शक बनाउन सफल डा करण राजले पहिले नै पिसिएको कफी प्रयोग नगर्न स’ल्लाह दिएका छन् ।

करिब १५ लाख’भन्दा बढी दर्शकले हेरिसकेको भिडियो क्लिपमा उनले पिनिएको कफीमा कफीसँगै पिनिएको साङ’लोको अवशेष हुन सक्ने ठूलो सम्भा’वना रहेको बताएका छन् । उनले भनेका छन्, – ‘तपाईंले अधिकांश स्टोरहरूबाट किन्ने धुलो कफीमा साङ्लो पनि मिसिएको हुन सक्छ । किनभने कफीको दा’नामा साङ्लो र अन्य किरा फटेंग्रा लाग्ने गर्दछन् । प्रायशः तिनीहरू’लाई राम्ररी केलाइँदैनन् । र कफीको दाना सँगसँगै तिनीहरू पनि पिसिन्छन् ।

अधिकांश खाद्यान्न निकाय’हरूले समेत हाम्रो खानामा केही निश्चित प्रतिशत किराको अवशेषलाई अनुमति प्रदान गर्ने गरेका छन् ।’ यसैगरी, उनले यस्तो कफीको पनि अलि’कति समर्थन गर्दै भनेका छन्, – ‘साङलोमा निकै प्रोटिन हुन्छ । तर, तपाईंलाई साङलोको एलर्जी छ भने पिनेको क’फीबाट टाढै रहनुहोस् ।

सन् २००९ मा अमेरिकामा त्रुटिवश कफीमा १० प्रतिशतसम्म साङ्लो’लगायत अन्य किरा मिसिए पनि छुट दिने नीति लिइएको थियो ।’ उनको यस विवादास्पद भिडियोमा दर्शकहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । अहिलेको आधुनिक जमा’नामा आर्थिक दृष्टिकोणले अलि हुनेखाने माझ चियाभन्दा कफी पिउने र पिलाउने प्रचलन शानदार शौखको रूपमा विक’सित हुँदै गइरहेको छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्