फुटबलर विमल घर्तिमगरको घुँडाको शल्य’क्रिया गरिएको छ। कतारको राजधानी दोहामा मंगलबार गरिएको शल्य’क्रिया भएको छ। राष्ट्रिय फुटबल टिमको प्रशिक्षणको दौरान विमलको घुँडामा चो’ट लागेको थियो। एक वर्षपछि राष्ट्रिय टिममा फर्किएका विमलको अभ्यासका क्रममा चोट लाग्दा घुँडाको लिगा&मेन्ट च्या’तिएको थियो।
गत महिना विमलसँगै राष्ट्रिय टिमका मिडफिल्डर विक्रम लामा पनि उपचा’रका लागि कतार गएका थिए। विक्रमको गत माघ २१ गते शल्य’क्रिया गरिएको थियो। उनी पनि अभ्यासको क्रममा घा’इते भएका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा दुवै खेला’डी उपचारका लागि कतार गएका थिए।
एन्फाले दुवै खेलाडीको उपचारमा सह’योग गर्न गरेको आग्र’हलाई कतार फुटबल एसोसिएसनले स्विकार गरेको थियो। लामा र घर्ति’मगर दुवै नेपाली राष्ट्रिय फुटबल टिमका म’हत्वपूर्ण सदस्यको रुपमा रहँदै आएका थिए।अब नेपालले विश्वकप छनोटका खेल खेल्दा दुवैले ती मह’त्वपूर्ण खेल गुमाउनेछन्।
यो पनि पढ्नुहोस्- पहिले छोरीचे’लीलाई पढाउने चलन थिएन, पढ्ने विद्यालय पनि नजिक हुँदैनथ्यो त्यसैले पढ्ने रहर मार्नु पर्थ्यो, आज त्यही रहर पूरा गरिरहेको छु’, ६७ वर्षीय प्रेमकुमारी पौडेलले भनिन्। सानोमा विद्या’लय देख्न नपाएको बताउने उनी अहिले बिहान ११ बज्नै लाग्दा झोलामा किताब कापी लिएर विद्या’लयमा पढ्न निस्कनु दै’निकी बनेको छ।
का’वासोती नगरपालिका-२ मा शिव सामुदायिक सिकाइ केन्द्रले सञ्चालन गरेको गृहिणी शिक्षा (अनौपचा’रिक प्रौढ शिक्षा) मा अध्ययन गर्न उनीजस्तै अन्य महिला पनि आउने गर्छन्। अध्ययन गर्ने उमेरमा विभिन्न कारणले नपा’एका गृहिणी बिहान ११ देखि ३ बजेसम्म यहाँ रहन्छन्। अहिले पढ्ने मौका पाउँदा धेरै खुसी लागेको पौ’डेलले बताइन्।
दुई वर्षदे’खि यहाँ पढ्न थालेकी उनले अहिले छोराछोरीको नाम अंग्रेजीमा लेख्न, मोबाइलमा पैसा रा’ख्न, सजिव, निर्जीव वस्तु चिन्न सक्दा दङ्ग छिन्।‘मलाई अहिले आफू बच्चै भएको जस्तो लागेको छ, खुसी लागेको छ, घरबाट हिँडेर आउनसक्ने बेलासम्म र सिकाइ केन्द्रमा पढन पाउँदासम्म आउँछु’, पौडेलले भनिन्,‘बच्चा’मा पढ्न नपाएको रहर मेटिएको झैं लागेको छ, अहिले तिर्खा यही पढा’इले मेटेजस्तो हुन्छ।’
स्याङ्जा सतु’ङ्गा जन्मेकी उनी त्यति बेला गाउँमा ५ कक्षासम्मको विद्यालय भएको भए पनि छो’रालाई पढाउने, छोरीलाई नपढाउने चलन रहेको सम्झन्छिन्। ‘छोरी त कोदो रोप्ने, घाँस, दाउरा गर्ने, गाई वस्तु चराउने यस्तै गर्नुपर्यो, दाजु’भाइ स्कुल जानुहुन्थ्यो’, पौडेलले भनिन्।
त्यस्तै, ६५ वर्षीया चन्द्र’माया सिग्देललाई पनि सानोमा पढ्न नपाएर अहिले अक्षर चिन्न पाउँदा धेरै खुसी लागेको बताइन्।‘विद्यालय टाढा हुन्थ्यो, छोरीलाई प’ढाउन पठाउने चलननै कम थियो’, सिग्देलले भनिन्,‘अहिले कतै जाँदा के लेखेको छ भनेर चिन्न सक्ने भ’एकाले सजिलो भएको छ। कतै गए कहाँ आइएछ भनेर ठाउँ चिन्न सकिन्छ’, सिग्दे’लले भनिन्, ‘खुसी लाग्छ।’
पौडेल र सिग्देल जस्तै यहाँ कावा’सोतीका करिब ४२ गृहिणी भर्ना भएका छन्। यहाँ तीन तहको पढाइ हुने सिकाइ केन्द्रकी परिचालक नूतन थापा पु’नले बताइन्। भर्ना भएकोमा केही समय मिलाएर फुर्सदमा आउने गरेको भए पनि करिब २५ जना नियमि’तजसो आउने गरेको उनले बताइन्। नगरपा’लिकाको सहयोगमा अहिले कक्षा सञ्चालन भइरहेको छ। यसले वि’द्यालय उमेर पुगेर पनि विद्यालय जान नपाए’कालाई अध्ययन गर्न सहज बनाएको छ। रासस