‘आफ्नो बुढोसँग बस्न पाएपछि रमाइलो भइहाल्छ नि’, विदेश गएको ९ वर्षपछि श्रीमान घर आएपछि (भिडियो सहित)

साउदी अरबबाट फर्कि’एका कृष्ण भुजेललाई अब फेरि विदेश जान मन छैन । ९ वर्ष साउदीमा बि’ताएका कृष्ण हाल लमजुङको सुन्दर बजार नगरपालिका–४ दुराडाँडाको पुरानै थात’थलोमा आइपुगेका छन् । लामो समय श्रीमानसँग छु’ट्टिएर गाउँमै बसेकी उनकै श्रीमती सिताको मु’हारमा खुशी छाएको छ । ‘आफ्नो श्रीमानसँग बस्न पाउँदा खुशी भइहाल्छ’, उनको मुखबाट फु’त्किहाल्यो ।

वैदेशिक रोजगारीबाट छो’राछोरीको शिक्षा, लालनपालनमा श्रीमती सितालाई सघा’एका कृष्ण अब भने गाउँघरमै खेती कि’सानी गरेर बस्ने मन’स्थितिमा पुगेका छन् । कृष्ण र सिताले एक हल गोरु र आधा दर्जन जति बाख्रा पा’लेका छन् । तिनै गोरु र बाख्राको गोठालो गर्दै दिन कट्छ यो दम्पत्तिको । धेरथोर आम्दा’नीका लागि धान कुट्ने मील पनि छ कृष्णको ।

साउदीको गर्मी भन्दा लमजुङको पा’खो नै प्यारो हुँदै गएको छ कृष्णलाई । गाउँघरमा युवा ज’मात घटेको छ । बुढापाका, महिला र बालबा’लिकाको संख्या तुलनात्मकरुपमा धेरै छ । खेती गर्दा उत्पा’दन लागत धेरै हुने र आ’म्दानी न्युन हुने समस्याले गर्दा युवाहरु पलायन हुनु परेको कृष्णको ठम्या’इ छ । – ओएस नेपालबाट

बाँकी हेर्नुहोस् भिडियोमा:

प्रतिकृया दिनुहोस्