सुनको भाउ छ सयले घट्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

सुनको भाउ तोलामा ६ सय रु’पैयाँले घटेको छ । सोमबार प्रतितोला एक सय रुपैयाँले बढेर का’रोबार भएको छापावाल सुनको मूल्य मंगलबार आरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महा’संघले जनाएको छ ।

मंगलबार लागि महा’संघले छापावाल सुनको प्रतितोला मूल्य ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको कारो’बार मूल्य ८५ हजार १५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा झरेको छ । सोमबार चाँदीको प्रति’तोला कारोबार मूल्य १२ सय ६५ रुपैयाँ थियो ।

यो पनि पढ्नु’होस्- यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शो’भायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा नेपाल वेद विद्याश्रमलगायत १०० वटा धार्मिक सङ्घसं’स्थाको सहभागिता रहेको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढका’लले गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्राल’यका सचिव यादव कोइराला, कोषका सदस्यसचिव डा प्रदीप ढकाल, परिषद् सञ्चालक सदस्यद्वय देवी’प्रसाद बराल र आशा पाण्डे, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायत कर्मचारीसहित पाँच हजा’रभन्दा बढीको उपस्थिति रहेको थियो ।

मन्दिर परिस’रबाट आरम्भ भएको शोभायात्रा पिङ्ग’लास्थान, गौशाला जयवागेश्वरी, सिफल, लामपोखरी हुँदै चावहिल गणेशस्थानसम्म पुगेको थियो । पुनः त्यही मार्गबाट फर्किई जयवागे’श्वरीबाट मूल मन्दिरअघि पुगेर यात्रा समापन गरिएको थियो । यात्रामा सहभागीले ‘ॐ नम ः शिवाय’, ‘जय शम्भो’, ‘हर हर महादेव’ जस्ता मन्त्रोच्चा’रण गरेका थिए ।

समा’पनका अवसरमा कार्यकारी निर्देशक खतिवडाले आज बेलुकी पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन र बुधबार बिहान महाशि’वरात्रिको तयारीस्वरुप सरसफाइ गरिने जानकारी दिनुभयो । महाशिवरात्रिका अव’सरमा पशुपति दर्शन गर्न आउने भक्तजनलाई मास्कसहित सुरक्षा मापदण्ड पूरा गर्न पनि उहाँले आ’ह्वान गर्नुभयो ।

महाशिव’रात्रिका विषयमा थप जानकारी दिन कोषले आज दिउँसो पत्रकार सम्मेलनको समेत आयोजना गरेको जना’इएको छ । शोभायात्रामा मारवाडी सेवा समिति नेपालले पानी एवं सर्वतको व्यवस्था’ गरेको थियो ।

पशुपति’नाथमा एक वर्षपछि विशेष पूजा शुरु
फाल्गुन कृष्ण त्रयोदशीका दिन पर्ने महाशि’वरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ । यसैबीच कोरोना महामारीका कारण गत वर्ष चैत’देखि रोकिएको विशेष पूजा पनि महाशि’वरात्रिका अवसरमा आजैदेखि शुरु भएको छ । स्वास्थ्य सुर’क्षाका विधि अपनाएर रु एक हजार १०० देखि रु २७ हजारस’म्मका विशेष पूजा आजदेखि शुरु गरिएको कोषाध्यक्ष डा मिलनकुमार थापाले रास’सलाई जानकारी दिनुभयो ।

महाशिव’रात्रिका दिन भने पशुपतिनाथ मन्दिरमा रु पाँच हजार ५०० र ११ हजार गरी दुई किसिमका विशेष पूजा’मात्र गरिने पनि उहाँले बता’उनुभयो । रु पाँच हजार ५०० पूजा गर्ने दुईजना कर्ता र रु ११ हजार रसिद काटेर विशेष पूजा गर्ने चारजना कर्ता’लाई पशुपतिनाथ मन्दिरमा दर्शनको व्य’वस्था मिलाइएको छ । – न्यूज24 बाट

प्रतिकृया दिनुहोस्