अनुराधा कोइरालाको जीवन : माइती नेपाल ब’न्द गर्ने सपना छ

म गुरुङकी छोरी, कोइरालाको छोरासँग प्रेम वि’वाह भयो । अनुराधा कोइराला प्रसिद्ध स’माजसेवी हुन् । माइती नेपाल नामक गैरस’रकारी संस्थाको अध्यक्षसमेत रहेकी कोइरालाले यो संस्था’मार्फत करिब ४० हजार चेलीबेटीको उ’द्धार गरिसकेकी छन् । विशेषतः भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बि’ताउन बाध्य नेपाली चेलीबेटीहरूको उ’द्धार तथा पुनःस्थापनामा क्रि’याशील उनले यही कामका कारण सन् २०१० मा ‘सीएनएन हिरो’को सम्मान समेत पा’एकी छिन् ।

ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा गुरुङ परि’वारमा जन्मिएकी उनले कोइराला परिवारमा प्रेम विवाह गरेकी हुन् । भारतबाट बीए पास गरेकी उनले २०१४ मा मदर टेरेसा सम्मा’नसमेत जितेकी छिन् । उनी २०७४ मा प्रदेश ३ को प्रमुखसमेत नियुक्त भएकी हुन् । आफ्नो स्वस्थ्य, परिवार र भविष्य केही नभनी नेपाली समाजलाई महिला हिं’सामुक्त बनाउने अभियानमा निरन्तर लागिपरेकी अनुराधा कोइरालाको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भ’मा छोटकरीमा उनकै शब्दमा ।

मेरो खाना
नेपाली खाना, दाल, भात, तरकारी मलाई मनपर्ने खाना हुन् । भटमास र मकै पनि मनपर्छ । माइती नेपालमार्फत निय’मित बागमती खोला सफाइ अभिनयनमा सहभागी हुँदा एक बहिनीले खोलाबाट टिपेर फालेको भुँडी मेरो हातमा अड्कि’एको थियो । त्यो समयदेखि माछामासु भनेपछि दि’गमिग लाग्छ । मन नपर्ने खाना केही छैन, जे पनि खान्छु । पका’उन रुचि छ । सबैथोक पकाउन सक्छु । पहिले आमाले यसले एकै छिनमा मीठो खाना पकाउँछ भन्नुहुन्थ्यो । रेस्टुरेन्ट कहिले’काहीँ जान्छु । रेस्टुरेन्टमा नर्मल खाने’कुरा खान मनपर्छ ।

मेरो फिट्नेस
मैले फिट्नेसका लागि एक्स’रसाइज गर्नुपर्दैन । किनभने म नियमित बिहान ५ बजे उठेर खाना पकाउने, सरसफाइ गर्ने’देखि घरको सबै काम गर्छु । नुहाउँछु, पूजा गर्छु र ठीक ७ बजे माइती नेपाल पुग्छु । यो मेरो नियमित रुटिन यही हो । कामले नै मेरो एक्सर’साइज भएको छ ।

मेरो पोसाक
स्कुले जी’वनमा सर्टफ्रर्क, कलेजमा कुर्ता सुरुवाल र त्यसपछि सारी, धोती लगाइयो । १८ वर्षको उमेरदेखि आज’सम्म पनि धोती र सारी लगाउने गरेकी छु । त्यो पनि सामान्य । पहिरनमा मनपर्ने रङ खासै यही भन्ने छैन । विशेष गरेर सेतो, निलो, हरियो मनपर्छ । धेरै पहिरन किन्ने, ब्रा’न्ड हेर्ने बानी छैन ।

मेरो अध्ययन
पहिले पु’स्तक धेरै पढ्थेँ । अहिले पुस्तक अध्यय’नमा कमी भएको छ । जबदेखि माइती नेपालको काम सुरु गरेँ त्यो सम’यदेखि पुस्तक अध्ययन गर्न भ्याइनँ । पत्रपत्रिका धेरै पढ्छु, रुचि भएका किताबसमेत पढ्ने गरेको छु । पढ्नेभन्दा पनि मेरो महिला बालबा’लिकाको सेवामा काम गर्ने शोख छ । पहिले पहिले त सबै खालका किताब पढ्थेँ ।

मेरो फुर्सद
फुर्सद फि’टिक्कै छैन । कहिलेकाहीँ फुर्सद नि’कालेर खुट्टा तानेर सुत्न पाए हुन्थ्यो जस्तो लाग्छ । हरेक दिन म सुत्दा बेलुकाको ११ बजेको हुन्छ । गफ गर्ने, कसैसँग बस्ने फुर्सद’समेत छैन ।

मेरो घुमफिर
घुम’फिरमा रुचि छ । फ्री भएर भन्दा पनि कामले घुम्ने गरेको छु । कामको सिलसिलामा देशको डाँडा’काँडा, तराई सबै खालका भू–भाग पुग्दा एकदमै मनपर्छ । देशको सुदूरपश्चिमको बाजुरा, बझाङ, डोल्पा, रोल्पाबाहेक प्रायः जिल्ला पुगेको छु । विदेशका पनि धेरै ठाउँ पुगेको छु । धेरैले अनुरा’धा दिदीले संसार घुम्यो भन्छन् । तर कामको सिलसिलामा बिदेश जाँदा बिहान मिटिङ हुन्छ, एक पटक टी–टाइम, अर्काे लन्च टाइम र डिनर ब्रेक हुन्छ । अन्य समय मि’टिङ हुन्छ । त्यही क्रममा राति कार्यक्रम सकिन्छ । साँझ परेपछि होटलमा गयो, सुत्यो । विदेशका देश टेक्ने र भिसा पाउने काम मात्र भयो । म नपु’गेको देश थोरै होला । सारै जान म’नपर्ने देश इजिप्ट हो ।

मेरो खेलकुद
खेलकु’दमा रुचि छ, किन नहुनु नि । स्कुल पढ्दा म हक्की खेलाडी थिए । मेरो खुट्टामा अहिले हेर्नुभयो भने हक्कीले लागेको डामैडाम देख्न सक्नुहुन्छ । त्यो समय मेरो टिमले हक्कीबाट विभिन्न पुरस्का’रसमेत हात पर्दथ्याे । अहिले पनि खेलकुदमा रुचि छ । त्यसैले म माइती नेपालका बच्चाहरुलाई तेक्वा’न्दोदेखि भलिबल, बास्केटबल, फुटबल लगायत सबै खेल खेल्नुपर्छ भनेर सिकाउने, खेल्न लगाउने गर्छु । सबै खेल हेर्न पनि मनपर्छ ।

मेरो मो’बाइल
अहिले मसँग दुईवटा मोबाइल छ । एउटा अफिसका लागि र अर्काे पर्सनलका लागि हो । ब्रान्ड के हो, त्यो जान्दिनँ । मोबाइल उठाउन र फोन गर्न आउँछ । अन्य फङ्स’न चलाउन जाँन्दिनँ । चलाउन पर्यो भने नाति, अफिसको स’हयोगी विश्वलाई भन्नुपर्छ ।​

मेरो टिभी
टिभी हेर्छु । टिभीमा निय’मित हेर्ने भनेको १० बजेको समाचार हो । भारतीय टिभी च्यानलको गायन रिया’लटी सो इन्डियन आइडल र सारेगमप हेर्छु । त्यसमा कहिलेकाँही नेपालीले पनि सहभागी जनाए भएकाले हेर्ने गरेको हो ।

मेरो चलचित्र
फिल्म न’हेरेको जुगौँ भो । फिल्म हलमा तीन घन्टा बस्न सक्दिनँ म । किनभने मेरो काम धेरै छ । पहिले पहिले हिन्दी, नेपाली सबै प्रकारका फिल्म हेर्थें । माइतीघर, आमा ल’गायत पहिले हेरेको फिल्म अहिले पनि सम्झना छ ।

मेरो प्रेम
त्यस्तै २०२६, ०२७ सालमा दिने’शप्रसाद कोइरालासँग मैले प्रेम विवाह गरेको हो । म गुरुङको छोरी हुँ । प्रेम विवाह कोइरालाको छोरासँग भयो । म बानेश्वरको एक स्कुलमा पढाउँथे । उहाँको घर त्यही नजिक थियो ।
स्कुल जाने, फर्कने क्रममा उहाँसँग दे’खभेट भैरहन्थ्यो । सोही क्रममा उहाँसँग प्रेम बस्यो । प्रेम बसेको ३ वर्षपछि हामीले विवाह गर्यौँ । सो समय प्रेम विवाह गर्नु निकै कठि’न थियो । म गुरुङको छोरी, मेरो श्रीमान्को घर जातजाति, धर्म मान्ने कट्टर कोइराला परिवार थियो । त्यो घरका एड्ज’स्ट हुन निकै गाह्रो भयो । त्यो समय विवाहपछिको स’ङ्घर्ष कति छन् कति । त्यो कुरा अहिले नगराैं। त्यो सकिएको दुःख किन खो’तल्ने ।

मेरो पेसा
मेरो मुख्य पेसा शि’क्षक हो । मैले २६ वर्ष शिक्षण पेसा गरे । पहिले सुरुमा डिल्ली’बजारमा रहेको न्यू अङ्ग्रेजी बोडिङ स्कुलमा पढाउँथे । त्यो पछि बानेश्वरमा सरेर अमर आदर्श बन्यो । त्यसपछि मा’र्टियसमा पढाएँ ।
मैले आफैले डिल्लीबजारमा स्कुल समेत खोलेको थिए । त्यो स्कुलको नाम त्रिशक्ति थियो । त्रिशक्ति नाम राख्नु’को कारण मेरो देवी दुर्गा प्रतिको आस्था पनि हो । अहिले पनि त्यो स्कुल चलिरहेको छ ।
म भने माइती नेपालमा छु । माइती नेपालमा पनि शिक्षकजस्तै भूमिका छ । यसबाट धेरै’लाई बाटो देखाउने, सिकाउने काम गर्दैछु ।

मेरो समाजसेवा
एक किसिमले भन्ने हो भने अ’ध्यापन पनि समाजसेवा हो । ‘माइती नेपाल’ मैले नै स्थापना गरेको संस्था हो । मेरो पारिवारिक जीवनमा एक समय खलल आएको थियो । सो समय म छोराहरु लिएर एक्लै बस्थेँ । शिक्षक भए पनि बै’रागी जस्तै भएको थिए । पशुपति नियमित जान्थेँ । त्यही क्रममा पशुपतिमा महिलाका दुःख, बेचबिखन देख्थेँ । मनमा छुन्थ्यो ।

यो कुरा’को म सानैदेखि पनि विरोध गर्दै आएको थिएँ । पशुपतिमा माग्ने बच्चाहरु देख्थेँ । उनीहरुका लागि केही गर्नुपर्छ भनेर सोच्थेँ । स्कुलको मास्टरी कामले धेरै पैसा आ’उँदैन थियो । त्यसैले आफ्नो गरगहना सबै बेचेर त्यहाँ बस्ने महिलाको माग्नु हँुदैन भनेर १० वटा नाङ्लो किनेर ८ जनालाई पसलमा चाहिने सामानसमेत मिलाएर काममा लगाएँ । त्यही क्रम’मा उनीहरुको छोराछोरी राख्न तीन हजारमा घर भाडा लिएर उनीहरुलाई राख्न थाले । ४ कोठा भएको घरमा एउटामा म र मेरो छोरा सुत्थ्यौँ भने अन्यमा उनीहरु राख्थे ।

काम गर्दै जाँदा भरत भुर्तेल, तारा’नाथ दाहाल, म लगायतले उनीहरुको पालनपोषणका लागि समाजसेवी संस्था खोल्ने निर्णय गर्यौँ । नाम के राख्ने भनेर सोच्दा ‘माइती’ भनेर राखियो । त्यसरी सुरु भएको माइती नेपाल पछि सबैले छोड्नु’भयो । अरू नयाँ समिति बनाएर संरक्षकमा म रहेर काम गर्दै आएकी छु ।

मेरो सपना
अहि’लेको मेरो सपना माइती नेपाल बन्द गर्नेछ । मैले योभन्दा सबैले यो पागल भइछ भन्छन् होला । यो मुलुकका बालबालिका तथा महिलाहरुलाई कुनै पनि दुव्र्यवहार नहोस्, उनीहरुको कुनै प्र’कारको बेचबिखन नहोस्, कसैको पनि यौन हिंसा नहोस् भन्ने मेरो सपना छ । देशमा यस्तो क्रिया’कलाप भएन भने माइती नेपाल किन चाहियो ? त्यसैले मैले माइती नेपाल बन्द गर्ने सपना छ भनेकी हुँ । मेरो एक मात्र सपना यही हो । चेलीबेटी बेचबि’खन मुक्त देश बनाउन चाहन्छु म । यस्तो देश भयो भने माइती नेपालको के काम ? मैले माइती नेपालमार्फत ४० हजार चेलीबेटीहरूको उ’द्धार गरिसकेकी छु ।

मेरो गीत’सङ्गीत
गीतसङ्गीत मनपर्छ, धेरै सुन्छु । जे मनमा लाग्छ त्यही सुन्छ । नेपाली हिन्दी सबै प्रकारका गीत’सङ्गीत, भजन सुन्छु ।

मेरो मापसे
मा’पसे छुँदै छुन्न । मेरो बाबु, बाजे कसैले पनि मापसे गरेनन् । म गुरुङको छोरी हो । गुरुङले खान्छ नै भन्ने मान्य’ता समाजमा रहेको पाइन्छ । मेरो बाजे साधु हुनुहुन्थ्यो । फुपूहरू प्रणामी थिए । मेरो बुबा कर्नेल हुनुहुन्थ्यो । मेरो घरमा कसैले पनि मा’पसे गर्दैन थिए । अहिले पनि मेरो घरमा चल्दैन । म मापसे गर्ने पैसा मलाई दिए हुन्थ्यो भन्छु । त्यसको मतलब एउटा बच्चा पढा’इदिए हुन्थ्यो भनेको हो, अन्य भन्न खो’जेकी होइन ।

मेरो भूल
मानिस हुँ, जानी न’जानी भूल भए होलान् । जब मेलै विवाह गरे । मेरो बाबाले अङ्ग्रेजीमा एक लाइन लेख्नु’भएको थियो ‘आई टुक यू एज माई सन् टुडे यू ह्यब बिट्रेड मी’ (मैले तिमीलाई आफ्नो छोरा माने तर तिमी’ले आज मलाई धोका दियौ) । उहाँले मलाई छोराजस्तो गर्नुहुन्थ्यो । तर मैलै धोका दिएँ । परिवारको सहम’तिबिना विवाह गर्नु मेरो जीवनको ठूलो भूल थियो ।

मेरो रोग
रोग त धेरै छ मलाई । डाक्ट’रहरुले रेस्ट गर्नुस् भनेर भनेका छन् । म भ्याउदिनँ । डाइबेटिज, प्रेसर लगायतका रोग भने भग’वानको कृपाले अहिलेसम्म देखिएको छैन ।

मेरो राशि
मेरो राशि ‘मकर’ हो । ग्रहदशा:मा विश्वास गर्दिनँ । हेराउने जुराउने पनि गर्दिनँ । कसैले हेरेर चेलीबेटी बेचबि’खन यो समय अन्त्य हुन्छ भनेर भनिदिए, त्यो मिल्यो भने म त्यसको पूजा गर्थें ।

मेरो मृ’त्यु
मृ’त्यु स्वाभा’विक हो । जन्मेपछि एक दिन मर्नैपर्छ । मरेर केही लाने होइन । मृ’त्यु सत्य हो । सुखद मृ’त्यु होस्, सेवा गर्दागर्दै मर्न पा’इयोस् भन्ने छ । – रातोपाटीबाट

प्रतिकृया दिनुहोस्