काठमाडौं आइपुगे विप्लव, दुई बजे स’म्बोधन गर्ने

नेपाल क’म्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं आइ’पुगेका छन्। शान्ति प्रक्रियामा आउने सहमति’सँगै पूर्वी नवलपरासीको अमरापुरीमा सार्वज’निक भएका विप्लवलाई प्रहरीले नारायणगढबाट स्कर्टिङ गरेर काठ’माडौं ल्याइएको हो।

करिब तीन वर्ष भूमि’गत भएका विप्लव शुक्रबार दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सा’र्वजनिक हुँदैछन् ।
महासचिव विप्लवले नवलपुरमा सहिद परिवार भे’टघाट गरी शुक्रबार बिहान काठमाडौं आएका हुन्। सहिद-सप्ताहको अ’न्तिम दिन नवलपुरस्थित सहिद फूलमाया सारू ‘रमा’ को परि’वारलाई विप्लवले भेटेको पत्रकार प्रकाश डुम्रेले जान’कारी दिए। उनका अनुसार सहिद फूलमाया सारू ‘रमा’ को २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीमाथिको कार’वाहीमा सहा’दत भएको थियो।

नवलपुरबाट नै भूमि’गत पछि उनको पहिलो तस्बिर सार्वजनिक भएको हो। उनलाई कार्यकर्ताले द’लदलेबाट शुभकामना दिँदै काठमाडौंका लागि बिदाइ गरेका थिए। राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र उनले सम्बो’धन गर्ने कार्यक्रम छ।

विप्लव पक्षसँग बिहीबार तीनबुँदे सह’मति भएपछि बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्षयता लगाइँदै आएको प्रतिबन्ध फु’कुवा गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री ओली र विप्लवले सभा’गृहमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही समारोहमा सरकारसँग भएको सहमति पत्रमा विप्लवले हस्ता’क्षर गर्नेछन् ।

सहमतिअनुसारनै विप्लवका बन्दी नेता-कार्यकर्ता रि’हाइ गर्ने क्रम सुरु भइसकेको छ। सरकारले उनीहरूलाई रि’हा गर्न सम्बन्धित प्रशासन कार्यालयलाई सर्कु’लर गरेको छ। प्रतिबन्ध फुकुवाअघि प्रधानमन्त्री ओलीले विप्लवका वार्ता टोलीसँग बालुवाटारमा सं’वाद गरेका थिए। – अन्नपुर्णपोस्ट बाट

प्रतिकृया दिनुहोस्