सरकार र नेत्रवि’क्रम चन्द ‘विप्लव’ समूहको वार्ता तीन बुँदे सहमतिमा सकिएको छ। प्रधानमन्त्री निवास बालुवा’टारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सह’मति भएको हो। सरकारले विप्लव समू’हमाथि यसअघि लगाएको प्रतिबन्ध फु’कुवा गरेको छ।
सहम’तिअनुसार विप्लव समूहका नेता-कार्य’कर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ भने विप्लव स’मूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शा’न्तिपूर्ण रूपमा गर्न स’हमति भएको छ।
सहमतिको वि’स्तृत विवरण शुक्रबार सार्व’जनिक गर्ने सरकारी वार्ता टोलीका सं’योजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्व’कर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेको प्रेस नोटमा उल्ले’ख छ।
शुक्र’बार २ बजे एउटा कार्यक्रम आयोज’ना गरी प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहका महास’चिव विप्लवले सहमतिको विस्तृत विवरणसहित सम्बो’धन गर्ने कार्यक्रम रहेको प्रेस नोटमा उल्ले’ख गरिएको छ। विप्लव समूह’माथि सरकारले प्रति’बन्ध लगाएपछि उनी भूमि’गत रहँदै आएका छन्।