योगेश भट्टराई र ईश्वर पोखरेलको ज’म्काभेट हुँदा देखियो यस्तो अ’फ्ठेरो दृश्य, एक अर्कासँग बोल्दै बोलेनन् (भिडियो सहित)

संघीय संसदका प्रति’निधि सभा तथा राष्ट्रिय सभाका सभामुख, मन्त्री तथा सांसदहरुको लागि बुधबार देखि शुरु भएको खोप अभियानमा ४ सय भन्दा बढीले एकैदिन खोप लगा’एका छन्। संघीय संसदका सांसद तथा कर्मचारीका लागि निजामती कर्मचारी अस्पतालमा बुधबारदेखि सुरु भएको खोप का’र्यक्रममा ४८२ जनाले खोप लगाएका हुन्।

संसद सचिवा’लयमा कार्यरत हेल्थ असिस्टेन्ट कृष्णकुमार खत्रीका अनुसार सभामुख अग्निप्रसाद सापकोटा,पररा’ष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका अध्यक्ष पुष्प’कमल दाहाल प्रचण्ड, नेकपाका अध्यक्ष माधव कुमार नेपाल, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, इश्वर पोख्रेल, योगेश भट्टराई सहित १६५ जना संघीय सं’सदका सांसद, मन्त्री र पूर्व मन्त्रीले को’रोना भाइरस विरुद्धको खोप लगाएका छन् । यस्तै बुधबार खोप लगाउनेमा ३१७ जना संसद सचिवा’लयका कर्मचारीहरु पनि रहेका छन्।

बुधबार बिहान १० बजेदे’खि दिउँसो साढे ४ बजेसम्म खोप कार्यक्रम संचालन भएको थियो । सांसद तथा संसदका कर्मचा’रीका लागि शुक्रबारसम्म खोप कार्यक्र’म जारी रहनेछ । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिच’किचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गरेका थिए । मीनभवनस्थित निजामती अस्प’ताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा लगाउने वाता’वरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गरे ।

सभामुुख साप’कोटाले भने, “खो’प लगाउँदा अलि असहज हुुन्छ कि भनी सोचेको थिए । बिल्कुुल असहज भएन । खोप लगाउने बेला हुँुदैछ होला भन्दै थिए, खोप दिइस’किएको छ ।” त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सबै नेपाली नागरिकलाई विना हिचकि’चाहट सहज ढङ्गले खोप प्रयोग गरी स्वथ्य रहन अपिल गरे ।

विश्वभर महामा’रीका रुपमा फैलिएको कोरोनाले मानव जातिलाई अप्ठेरो पारिरहेको अवस्थामा खोपको आ’विष्कार र प्रमाणित भएपछि मानिसले खराब विषाणुुविरुद्ध फेरि एकपटक विजय हासिल गरेको महसुस भएको बताउँदै उनले औ षधि प्रभा’वकारी साबित भएसँगै मानिसको प्रकृतिमाथि विजयको नयाँ सिँ’ढीमा मान्छे कुुद्न सफल भएको उल्लेख गरे ।

अध्यक्ष दा’हालले भने, “अरूलाई लगाए’को देख्दा अलि दुख्छ जस्तो लागेको थियो, आफैँले लगाउँदा खोप लगाएको थाहा नै पाइनँ । कतिबेला खो:प्नुु हुुन्छ होला भनेको त भइसक्यो पो भन्नुुभो । बडो सरल रहेछ । कसैले कुनै पनि खाले त नाव लिनुुपर्ने अवस्था छैन । सहज ढङ्गबाट हुुन्छ ।”

सञ्चार’कर्मीको राजनीतिक सङ्क्रमणबारे सोधेको प्रश्नमा उहाँले स’र्वाेच्च अदालतको फैसलाले संविधान, प्रणाली, लोकतन्त्रलाई ठीक ढङ्गबाट अघि बढ्न बाटो खोलि’दिएको बताए । उनले भने, “अब राजनीति पनि ट्र्याकमा जान्छ भन्ने कुुराको पहिलो सुुनिश्चितता अदालतको फैसलाले ग¥यो, न्याय, लोकतन्त्र र संविधानको जीत भएको छ, यो महत्वपूूर्ण हो । बाँकी २३ गतेबाट बस्ने प्रतिनिधि’सभाको अधिवेशनबाट प्रस्ट हुुन्छ ।”

त्यस्तै पूर्वप्र’धानमन्त्री माध’वकुुमार नेपालले अन्तर्राष्ट्रिय समुुदायबाट गहिरो अध्ययन र अनुसन्धानबाट प्रभावकारी साबित भएको कोभिड–१९ विरुद्धको खोप ढुुक्क भएर वि’श्वासका साथ लगाउन सर्वसाधारणलाई सुुझाव दिए । उनले भने, “यसअघि पनि मैले विभिन्न खाले धेरै खोप लगाएकाले यस पटक खोप लगाउँदा कुुनै खासै अनुुभव भएन । घो चिए’को पनि अनुुभव हुुँदो रहेनछ । आतिन पर्ने अवस्था छैन । खोप लगाउनुु प¥यो, स्वथ्य हुन प¥यो ।”

पूूर्वप्रधानमन्त्री नेपा’लले राजनीतिक सङ्क्रमण फैलने सम्भावनाको खतरालाई सर्वाेच्च अदालतबाट पहिलो खोपजस्तै गरी आएको फैसलाले ठीक बाटोमा अघि बढ्न एउटा बाटो देखाएको प्रतिक्रिया दिए । उनले भने, “फैस’लाबाट खतरामा परेको लोकतन्त्र, संविधानलाई जोगाएको छ, अब बाँकी राजनीति क्षेत्रमा अहिले देखिरहेको सङ्क्र’मणको समाधान संसद्मार्फत राज’नीतिक दलले गर्छन् ।”

प्रधानमन्त्रीले प्रतिनि’धिसभा विघटन गरेपछि मन्त्रीबाट राजीनामा गरेका योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री भेटभएपछि केही कुराकानी हुन्छ कि ? प्रति’निधि सभा बैठकको पूर्वसन्ध्यामा पार्टीको दुई खेमामा बाँडिएका दुई नेताको भेटमा कुनै अनौपचारिक भलाकुसारी होला कि भन्ने जिज्ञासाका साथ सञ्चारकर्मीहरूले उनीहरुतिर क्यामेरा सोझ्या’इरहेका थिए । तर झन्डै २० मिनेट वल्लो’–पल्लो कुर्सीमा बसेका दुई नेताबीच कुनै संवाद भएन ।

सँगै जोडिएको कु’र्सीमा बसेपनि दुबैको हेराइको दिशा फरक थियो । दुवैजना असहज मानिरहेका थिए । स्वास्थ्यकर्मीले खोप लगाएपछि आधा घण्टा आराम गर्न भनेपनि उपप्रधा’नमन्त्री पोखरेल समय बिताउने बहाना खोजिरहेका थिए । एकछिन उनले खोप लगाएको कार्ड हेरे र कसैलाई फोन गरेर आफूले कोरोना’विरुद्धको भ्याक्सिन लगाएको जा’नकारी गराए । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्