एजेन्सी-बलि’उडकी सुन्दर अभिनेत्री श्रद्धा कपुरले आज आफ्नो जन्म दिन मनाउदैछिन् , उनले साथी भाइ र परिवा’रसँग आज आफ्नो ३४ औ जन्मदिन मनाउदैछिन् ।न् २०१० को फिल्म ‘३ पति’ बा बलिउडमा डेब्यु गरेकी उनले धेरै फि’ल्ममा सफल अभिनय गरेकी छन् । फिल्ममा उनले टीन ए’जरको भूमिका निर्वाह गरेकी थिइन् । उनको अभिनयले प्रशंसा समेत पा’एको थियो ।
श्रद्धा २०१३ मा मोहित सु’रीको फिल्म ‘आशिकी २’मा मा अभिनय गरेपछि उनी चर्चा झनै चुलिएको थियो । यो फिल्मको भूमिकाबाट उनी रातारात स्टार बनिन् । यस फि’ल्मको गीत समेत सुपरहिट साबित भएका थिए ।
त्यस’पछि उनले ‘एक विलेन’, ‘ओके जानु’, ‘हाफ गल्फ्रेण्ड’, ‘बागी’ जस्ता फिल्ममा पनि अभिनय गरेकी छन् । अहिले उनीसँग ‘स्त्री २’ र ‘नागिन’ जस्ता फिल्म सा’थमा छन् । पछिल्लो समय उनी फोटोग्राफर रोहन श्रेष्ठसँग प्रेममा रहेका का’रण चर्चामा छिन् ।
यो पनि पढ्नुहोस्
तुलसीपुर-तुलसीपुर उपम’हानगरपालि–१९ विजौरी धेरै वर्षसम्म बाँझो जग्गा केही वर्षदेखि हरि’याली बनेको छ । उक्त जग्गामा लटरम्म फलेका कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यही कागती अवलोकन गर्नेहरुको उत्तिकै भीड पनि तुल’सीपुर उपमहान’गरपालिका–१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा भाडामा लिएर दुई युवाले गरेको का’गती खेती उदाहरणीय बनेको छ । ती स्थान अहिले कागती खेतीले परिचित बनेका छन् ।
घोराहीमा वा’र्षिक रु तीन हजार कट्ठा र तुलसीपुरमा रु दुई हजार ५०० मा जग्गा भाडामा लिएर रुकुमका विष्णु वली र रामचन्द्र खड्काले व्यावसायिक कागती खेती गर्नु’भएको हो । धेरै युवा विदेश पलायन भएका छन् । तर नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एउटा उदाहरण ती युवा’हरुलाई हेर्न सकिन्छ ।उहाँहरुले सूर्य जैविक कृषि केन्द्र प्रालिमार्फत कागती खेती शुरु गरेको तीन वर्ष भयो । खेती शुरु गरेको डेढ वर्षदेखि आम्दानी लिन शुरु गर्नु’भएका उहाँहरुले वार्षिक रु १५÷२० लाखको हाराहारीमा आ’म्दानी गर्ने गर्नुभएको छ ।
काग’तीको बजार माग पनि उच्च रहेकाले समयमै लगानी उठाउन सहज हुने उहाँले बताउनुभयो । उहाँका अनुसार शुरुमा आफू’हरुले रु ३० लाख लगानी गरेको भए पनि अहिलेसम्म करीब एक करोड लगानी भइसकेको छ । अहिले ‘पन्त १’ कागतीको खेती भइरहेको छ । जुन कागती अचार, जुस, जाम’लगायतका लागि बढी माग हुने गरेको अर्का व्यवसायी खड्काले बताउनुभयो । “कागती बजारमा निकै माग छ, अहिले बजारको मागअनुसार पु¥याउन भ्याइनभ्या’ई छ”, उहाँले राससलाई भन्नुभयो, “बढी मात्रामा अचार, जुस, जामलगायतका लागि माग हुने गरेको छ ।”
दाङका दुई स्थानमा आ’फूहरुले यो खेती गरेको भन्दै यसलाई विस्तार गरेर देशैभर खेती गर्ने वातावरण तयार गर्न थालिएको व्यवसायी वलीले बता’उनुभयो । “अहिले हामी दुईजना छौँ, हामीले देशैभर यो खेती विस्तार गर्ने योजना बनाएका छौं”, उहाँले भन्नुभयो, “त्यसका लागि १०८ जना कि’सान थप गर्ने हाम्रो योजना छ ।” उहाँका अनुसार आफूले उत्पादन गरेको कागती देशभर पु¥याउने यो’जना छ ।
कागती फलाउने र बेच्ने कार्य मात्रै भएको भन्दै कागती प्रशोधन गर्ने र बजारीकरण गर्ने तयारी था’लिएको उहाँको भनाइ छ । आफूहरुले बिरुवा पनि उत्पा’दन गरिरहेको भन्दै आउँदो वर्ष ५० हजार बिरुवा बेच्ने योजना बनाएको उहाँको भनाइ छ । एउटा बिरुवाको फुट’करमा रु २५० मा बिक्री गर्ने गरिएको छ । – ओएस नेपालबाट