विश्वविद्यालयका परीक्षा दसैं अघि नै सञ्चालन हुने

विश्वविद्याल’यहरूले रोकिएका परीक्षा वैकल्पिक माध्य’मबाट भए पनि दसैंअघि नै सञ्चालन गर्ने जनाएका छन् । उपकुलपतिहरूले परम्परा’गतसहित अन’लाइन र अन्य माध्यम प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने बताएका हुन् । कोरोना संक्रमण घट्दै गए अनला’इनसहित अन्य विधिबाट भए पनि परीक्षा सञ्चालन गरिने उनीहरूले जानकारी दिए ।

उपकुल’पतिहरूका अनुसार असो’जभित्रै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न गृहकार्य भइरहेको छ । राष्ट्रिय युवा परिषद्ले सोमबार गरेको भर्चुअल छलफलमा उपकुलपतिहरूले पठनपाठन र परीक्षालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न नसके शैक्षिक सत्र नै नाश हुने बताए । वैकल्पिक विधिलाई नै मूलधा’रको शिक्षा बनाउनुपर्ने उनीहरूको जोड थियो ।

सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्या’लयले चार मोडलबाट परीक्षा सञ्चालन गर्ने योजना अघि बढाएको उपकुलपति धर्मकान्त बाँस्को’टाले जनाए । ‘साउन पहिलो सातादेखि लकडाउन खुकुलो भएर अवस्था सहज हुँदै जाँदा भदौमा परीक्षा लिने भनेका थियौं,’ उनले भने, ‘अवस्था बिग्रियो, परीक्षा स्थगित गर्नुपर्‍यो, अब असोजभित्र अन्य विधिबाट भए पनि परीक्षा लिन्छौं ।’

अवस्था’अनुसार अनलाइन, आन्तरिक मूल्यांकन, ओपन बुक र परम्परागत विधिबाट परीक्षा सञ्चालन गरिने उनले जनाए । वैकल्पिक माध्यमबाटै पठनपाठन र परीक्षालगायत शैक्षिक गतिविधि अघि बढाउन विद्यार्थीलाई क्याम्पस र विभागको सम्प’र्कमा आउन त्रिविले सर्कुलर गरेको छ ।

त्रिविमा ४ लाख १५ हजा’र ४ सय ८२ विद्यार्थी अध्ययनरत छन् । उच्च शिक्षामा अध्ययनरत ५ लाख ३८ हजारमध्ये ७७ प्रतिशत विद्यार्थी त्रिविमा पढ्छन् । विद्या’र्थी संख्या धेरै भएका कारण पनि कोभिडका बेला पठनपाठन र परीक्षा सञ्चा’लनमा असहज भएको उपकु’लपति बाँस्कोटाले गुनासो गरे ।

त्रिविले चैतदे’खि अनलाइन कक्षा सञ्चालन गरेको थियो । हालसम्म १ लाख ४५ हजार विद्यार्थी, १६ हजार शिक्षक, कर्मचारीलाई इमेल आइडी वितरण गरिएको जनाए’को छ । ४ हजार ५ सय शिक्षकलाई भर्चुअल कक्षासम्बन्धी क्षमता विकास तालिम दिइएको छ ।

काठमाडौं विश्ववि’द्यालय र खुला विश्वविद्यालयले अनला’इनबाटै पठनपाठन र परीक्षा सञ्चालन गर्दै आएका छन् । अन्य विश्वविद्यालयले पनि अनलाइनसहित अन्य विधिबा’ट परीक्षा लिने तयारी गरि’रहेको जनाए । दसैंअघि नै परीक्षा सञ्चा’लन गर्न सके शैक्षिक सत्रमा क्षति नपुग्ने उनीहरूको भनाइ छ ।

पूर्वाञ्चल विश्वविद्याल’यका उपकुलपति यादवराज कोइरालाले असोज मसान्तसम्म अनलाइन परीक्षा सञ्चालन गरिने जनाए । दसैं आउन ५४ दिन मात्रै बाँकी छ । ११ वटै विश्ववि’द्यालय त्यसअघि नै परीक्षा गर्ने तयारीमा जुटेका छन् । ‘दसैंअघि सबै परीक्षा सके, त्यसपछि नयाँ भर्ना लिएर पठनपाठन गराउन सहज हुन्छ,’ उनले भने ।

इन्टरनेट र अनलाइ’नको समस्या भए पनि शैक्षिक सत्र जोगाउन वैकल्पिक विधिबाट परीक्षा लिनुबाहेक अन्य उपाय नभएको उनले बताए । ‘अप्ठ्यारोभित्रबाटै समस्याको समाधान खोज्नुपर्ने बेला छ,’ कोइ’रालाले भने, ‘वार्षिक र सेमेस्टर दुवै प्रणा’लीको परीक्षा बन्दाबन्दी कायमै रहे पनि हुन्छ ।’मध्यपश्चिम विश्वविद्यालयले पनि अनलाइन परीक्षाको तयारी अघि बढाएको जनाएको छ । ‘रोकिएका रिजल्ट प्रकाशित भइसके, अब रोकिएका परीक्षा लिने तयारी भइरहेको छ,’ उपकुलप’ति नन्दबहादुर सिंहले भने ।

कोरोना संक्रमि’तको संख्या थपिँदै गएकाले वैकल्पिक विधिबाहेक अन्य तरिकाबाट परीक्षा सञ्चा’लन गर्न सम्भव नरहेको उनले जनाए । चैतमा लकडाउन सुरु हुँदा फेसबुक मेसेन्ज’रबाट पढाइ र मिटिङ भएको थियो,’ उनले भने, ‘प्रश्नपत्र तयार पारेर दूरदराज’का विद्यार्थीसम्म पुर्‍याउँछौं, उत्तर लेखेर इमेल गर भन्छौं ।’ सुदूरपश्चिम विश्वविद्या’लयका उप’कुलपति अमन’राज जोशीले पनि अनलाइन प’ठनपाठन र परीक्षाको तयारी गरिएको जनाए ।

उनले भने, ‘टेलि’फोन सुविधा नभए’का ठाउँमा पनि हाम्रा विद्यार्थी छन् तर प्रविधितर्फ उन्मुख हुनुको विकल्प छैन ।’राजर्षि जनक र लुम्बिनी विश्वविद्या’लयले पनि वैकल्पिक विधि&बाट परीक्षा लि’ने चाँजोपाँजो मिलाएको जनाएका छन् । लुम्बिनी विश्वविद्या’लयका उपकुलपति हृदयरत्न व्रजाचार्यले भाद्र २१ बाट अनलाइन परीक्षा हुने जनाए ।

‘अनलाइन कक्षा’मा सहभागी हुन नसक्ने विद्या’र्थीलाई रेकर्ड गरिएका पाठ उपलब्ध गराएका छौं,’ उनले भने, ‘अहिले जुन विधिबाट सकिन्छ, त्यही’बाट अघि बढ्ने हो ।’ राजर्षि जनक विश्वविद्यालयका उपकुलपति भरत झाले परीक्षा पछि गर्ने स’र्तमा विद्यार्थी’लाई कक्षा बढोत्तरी ग:रिएको बताए । ‘कोभिडले ६ महिनामा सक्नुपर्ने कोर्स पूरा गर्न ९ महिना लाग्यो, अनलाइ’नबाटै कोर्स सके’र भए पनि शैक्षिक क्षति हुन दिँदैनौं,’ उनले भने ।

शिक्षामन्त्री गिरिराज’मणि पोख’रेलले विश्वविद्याल’यहरूलाई एक साताभित्र शैक्षिक क्यालेन्डर सार्वजनिक गर्न र शैक्षिक सत्र खेर नजाने उपाय खोज्न निर्देशन दिइ’सकेका छन् । कोरोना जोखिमका बेला परम्परा’गत विधिबाट पठनपाठन र परीक्षा सम्भव नहुने उनको तर्क छ ।

विद्या’लय तहमा वैकि’ल्पक कक्षाको प्रभाव:कारिताका विषयमा देशभरको अवस्था अनुगमन गरिरहेका उनले यस वर्षको शैक्षिक सत्र वैकल्पिक विधिबाटै स’म्पन्न गर्न सुझाव दिएका छन् । ‘क्याम्पस प्रमुखले आफ्ना विद्यार्थी खोज्नुपर्छ,’ मन्त्री पोखरेलले भने, ‘विश्वविद्या’लयका पदाधिका’रीहरू समस्या समाधान गर्न लाग्नुपर्छ । डिन, क्याम्पस चिफलाई जिम्मा दिएको छु भन्ने अवस्था हैन ।’

छलफलमा नेपाल प्राध्या’पक संघका अध्यक्ष बुद्ध’बहादुर थापाले प्राध्यापक र विद्यार्थीलाई प्रविधिमैत्री बनाउँदै खुला र दूर शिक्षा लागू गर्न राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए । ‘विद्यार्थी र शिक्ष’कलाई सामग्री र इन्टरे’नटको खाँचो छ,’ उनले भने, ‘सरकारको तत्परता, उपस्थिति, योजना र सहयोग चाहिएको छ ।’ शिक्षक विद्यार्थीको प्रविधिमा पहुँच विस्तार गर्न सके डिजिटल सिकाइ’लाई नै आधिका’रिक शैक्षिक कार्यक्रमको मान्यता दिन सकिने उनले जनाए ।

नेपाल खुला विश्वविद्याल’यका उपकुलपति लेखनाथ शर्माले पाठ्यक्रम र मूल्यांकन पद्धति परि’वर्तन गर्न सक्ने मात्रै अहिलेको अवस्थामा शैक्षिक वर्ष खेर जानबाट रोक्न सकिने सुझाव दिए । ‘वैकल्पिक विधि भनेको अनलाइन मात्रै होइन, इन्टर’नेटमा मात्रै सबैको पहुँच पनि छैन,’ उनले भने, ‘टीभी, रेडियो र प्रिन्ट सामग्री’लाई पनि सँग’सँगै लैजान सके कुनै पनि विद्यार्थी पठनपाठनबाट वञ्चित हुन पर्दैन ।’

विश्व स्वास्थ्य संगठ’नले कोरोना भाइ’रस नियन्त्रणमा आउन दुई वर्ष लाग्न सक्ने आकलन गरेको छ । विद्यार्थीले भने ६ महिनासम्म शिक्षा मन्त्रालय र विश्वविद्या’लयहरूले शिक्षा’सम्बन्धी योजना ल्या’उन नसकेकामा असन्तुष्टि जनाएका छन् ।

अनेरास्ववियुका नेता रश्मि आचार्यले वि’द्यार्थी कहाँ कस्तो अवस्था छन् भन्ने खोजेर पठनपा’ठनमा सहभागी गराउने दायित्व शिक्षण संस्थाको भएको जनाए । ‘लकडाउन सुरु भएको ६ महिना भयो, शिक्षा मन्त्रालय र विश्वविद्यालय गृह’कार्य गर्दै छौं भन्छन्,’ उनले भने, ‘विद्यार्थी कोभिडसँगै पढाइ र परीक्षाको मनोवै’ज्ञानिक त्रासमा छन्, उनीहरूलाई यसबाट मुक्ति दिनुपर्‍यो ।’

पोखरा, संस्कृत र कृषि तथा वनवि’ज्ञान विश्वविद्यालयमा उपकुलपतिसहितका पदाधिकारी नियुक्ति नभएका कारण पनि वैकल्पिक पठनपाठन र परीक्षा प्रभावित हुँदै आएको वि’द्यार्थीको गुनासो छ । विद्यार्थी संघ संगठनले पदाधिका’री नियुक्त गर्न सरकारसँग माग गर्दै आएका छन् । – कान्तिपुर बाट

प्रतिकृया दिनुहोस्