काठमाडौं, १८ फागुन । पूर्व सञ्चा’रमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटालाई पितृ’शोक परेको छ ।गोकुल बाँस्कोटाका पिता हरि प्रसाद बास्कोटाको आज मण्डन देउपुर नगरपालिका स्थित आफ्नै निवासमा आज साँझ साढे ५ बजे नि’धन भएको हो ।
पूर्व मन्त्री बाँस्कोटाका पि’ताको ९२ वर्षको उमेरमा निधन भएको पारीवारीक श्रो’तले जनाएको छ । हरि प्रसाद बास्कोटाका गोकुल, केशव, उद्धव र माधव बास्कोटा सहि’त चार दाजुभाइ छन ।
यो पनि पढ्नुहोस्
प्रतिनिधिस’भाको बैठक यही फागुन २३ गते बस्ने भएपछि सभामुख अग्निप्रसाद सापकोटाले तयारीको बारेमा आज जानका’री लिनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेर सभामुख सापकोटाले बैठकको तयारी, सभाकक्षको अवस्थालगा’यतका विषयमा आवश्यक जानकारी लिनुभएको हो ।
मन्त्रिपरिषद्को सिफा’रिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ । सो अवसरमा स’भामुख सापकोटाले प्रतिनिधिसभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समि’तिमा छलफल गर्ने जानकारी दिनुभयो । उहाँले सम्बद्ध सबै पक्षसँग छल’फल गरेर बैठकलाई अगाडि बढाउने बताउनु’भयो ।
सर्वोच्च अदाल’तको फैसलालाई जनप्रति:निधिमूलक संस्थाको सर्वोच्च निकायको तर्फबाट खुशी र गौरवको विषय भन्दै उहाँले संसद् अधिवेशनलाई स्वभा’विक लयमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । केही समय संसद् अवरुद्ध भएकाले खल्लो महसुस भए पनि अहिले सबैमा उत्सा’ह जागेको उल्लेख गर्नुभयो ।
सो अवस’रमा सङ्घीय संसद् सचिवालयका महास’चिव डा भरतराज गौतम, सङ्घीय संसद् सचिवालयका कर्मचारी एवं सञ्चारकर्मीको उपस्थिति थियो । प्र’तिनिधि सभा बैठकको पूर्वसन्ध्यामा बुधबारदेखि शुक्रबारसम्म सङ्घीय संसद्का सबै सांसद तथा कर्मचारीलाई कोरोना’विरुद्धको खोप लगाउने तया’रीसमेत गरिएको छ । (रासस)