केही दिन अघि च’र्चित गायिका अञ्जु पन्तले क्रिश्चियन परम्प’रा अनुसार विवाह गरिन् । उनले आफ्नो एक वर्ष देखिको प्रेमलाई विवाहमा परि’णत गरेकी हुन् । उनका प्रेमी थिर कोइरालासंग दो’स्रो बिहे गरेकी छन् । थिरको पनि दोस्रो विवाह हो । अञ्जुले आफ्नो विवाहको भिडिओ सार्व’जनिक गरेकी छन्।
केही दि’नअघि थिर कोइरालासँग पाटनको एक चर्चमा उनले क्रिश्चियन परम्पराबमोजिम विवाह गरे’की थिइन् । अञ्जुले आफ्नो अफिसियल युट्युबमार्फत त्यसको भिडिओ सा’र्वजनिक गरेकी हुन्। गायिका पन्तले इलाम घर भएका कोइरालासँग गत बुधबार दुवै पक्षका परिवारका सदस्य र नजिकका सीमित आ’फन्तबीच पाटनस्थित चर्चमा विवाह गरेकी हुन्।
गायिका पन्तले गायक तथा संगी’तकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छे’द गरेकी थिइन्। उनीहरूकी एक छोरी छन्( परितोषिका पन्त। उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरि’सकेकी छन्। छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गरेको बता’इएको छ।
एक वर्ष अ’घिदेखि प्रेम सम्बन्धमा रहेका अञ्जु र थिरबीच पहिलो भेट करिब ६ वर्षअघि भएको थियो। जतिबेला थिर नेपाल टेलि_भिजनमा सर्वाङ्गीण संवाद’ कार्यक्रम चलाउँथे। त्यही कार्य’क्रममा अञ्जु अतिथि बनेर जाँदा दुई जनाबीच चिन’जान भएको थियो। – इताजा खबरबाट