हिजो आज श्रीमान सा’थैमा हुँदा र विदेश जाँदा श्रीमतीहरुले अनेक बाहाना बनाएर श्रीमानको त छंदै छ आफैले जन्मा’एको छोराछोरीलाई समेत बिच’ल्लिमा पारेर अर्कैसंग गएको समा’चारहरु दिनहुँ पढ्न पाईएको बेला अमृताको कथाले भने स’माजमा उनी जस्ती श्रीमती, बुहारी र आमा पनि रहेछन् भन्ने कुराको जान्न पाईएको छ । श्रीमानले छाडेको १७ वर्ष पुरा भएको छ तार अमृता भने अझैं पनि श्रीमान आउँछन् कि भन्ने आ’शमा बाटो हेरी रहेकी छन् ।
कक्षा ८ मा पढ्दै गरेकी अमृतालाई कपिल’बस्तुका ईश्वरी भट्टराईले उनको हात माग्न गए । केटी माग्न जाँदा त घरका अभिभावकलाई साथमा लि’एर जाने चलन छ । अभिभावक पनि नभए आफन्तहरु र आफन्त पनि नभए साथीभा’ईहरु लिएर जाने हामी नेपालीको चलन छ । तर ईश्वरीले खै किन हो कोहीपनि लिएर गएका थि’एनन् अमृताको हात माग्नलाई । केटा मात्रै एक्लै हात माग्न जाँदा केटी पक्षले केटा अल्लारे हो कि सोंचेर आफ्नो घरको छोरी चेली दिंदैनन् । तर अमृताको बुवा’आमाले भने त्यो सोंच राखेनन् ।
अमृताको बुवाआमाले केटो आँ’टिलो नै रहेछ । यत्तिको भए त हाम्री छोरीलाई मजैले पाल्न सक्छ भन्ने विश्वा’सका साथमा ईश्वरीको हातमा आफ्नी छोरी अमृताको हात थमाएका रहेछन् । ईश्वरी कामको शिलशि’लामा भारत जाने आउने गर्थे । त्यसैले पनि विबाह भएको २ वर्षमा ईश्वरी र अमृताको छोरी भयो । छोरी जन्मिएको २ वर्षपछि छोरा पनि जन्माईन् अमृताले । त्यतिञ्जे’लसम्म ईश्वरी भारत जानेआउने गरिरहेका थिए । तर समय बदलियो सधैं भारतबाट घर सम्झिएर आउने ईश्वरी भने घरमा आ’उनै छाडे ।
अमृताको भनाई अनु’सार उनका श्रीमान ईश्वरी आफ्नै सालाहरुसंग काम गर्नकोलागी भारतको पञ्जाबमा गएका थिए । त्याहाँ ईश्वरीले साला’हरुसंग झण्डै १ वर्षसंगै बसेर काम गरे । त्यो १ वर्षको अवधिमा ईश्वरी र अमृ’ताबीच राम्रै सम्बन्ध रहेछ । तर जब ईश्वरीले सालाहरुसंग संगै बस्न छाडे त्यसपछि भने उनी न श्रीमती अमृ’तासंग न त संगै गएका सालाहरुसंग कसैसंग पनि सम्पर्कमा आएनन् । र त्यतिबेलादेखि अहिलेसम्म उनी घर परिवार र आफन्त कसैको स’म्र्कमा आएका छैनन् ।
आजको दिन’सम्म ईश्वरीले घर परिवार, श्रीमती र बा’लबच्चा सम्झन छाडेको १७ वर्ष पुरा भएको छ । यता उनले सानैमा छोडेका उनका छोराछोरीहरु भने ज’वान भई सकेका छन् । बच्चा छंदैदेखि बाबाको माया नपाएका उनीहरु अहिले पनि आफ्नो बाबा ईश्व’रीलाई सम्झि रहन्छन् । अमृताको त के कुरा उनले श्रीमान नस’म्झिएको दिन र रात हैन प्रत्येक पल छ भनेर आफ्ना कुरा सुनाउँछिन् । श्रीमानलाई मन कठोर नपार्न उनले आग्रह गरेकी छन् । घरप’रिवार र बालबच्चा सम्झिएर घर फर्कन पनि उनले आ’ग्रह गरेकी छन् । – इताजा खबरबाट
भिडियोसहित