कोमल वलीलाई रघुजी पन्तले “पिँडुला देखाएर सांसद बनेको” भ’नेपछि…. (भिडियो सहित)

अनौपचारीक रुपमा वि’भाजन भएको नेकपाका नेताहरुबीच एक अर्कालाई कटाक्ष गर्ने क्रम जारी छ । एक अर्का विरुद्ध आगो ओकलीरहेका नेताहरुका क’तिपय टिप्पणी मर्यादा विपरित समेत देखिन्छन् । हालै आन्दोलनरत नेकपा प्रचण्ड नेपाल पक्षका नेता रघुजी पन्त’ले प्रधानमन्त्री ओली पक्षकी नेता कोमल वलीलाई गरेको टिप्पणीको सामाजिक सञ्जा’लमा विरोध भएको छ ।

उनले वलीलाई पिँ’डुला देखाएको भरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद बनाएको भन्दै ‘टिप्पणी गरेका थिए । आफुलाई यस्तो टिप्पणी गरेपछि राष्ट्रिय सभा सदस्य कोमल वलीले गम्भीर आ’पत्ति जनाएकी छन्।

उनले आफू’विरुद्ध प्रयोग गरेका शब्दले महिलाको अप’मान गरेको भन्दै गायिकासमेत रहेकी वलीले सामाजिक सञ्जालमार्फत वि’रोध गरेकी हुन्। पन्तको सो अभिब्यक्तिको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि विरो’ध जनाएका छन् ।

एक कार्यक्रममा नेता पन्तले वर्षौंदेखि संघर्ष गरेका, पार्टीकै लागि जीवन अर्पण गरेर गाला चाउरी पारेका महिलाले चाहिँ कुनै अवसर नपाए’को तर पिडुँला देखाउँदै पोइल जान पाम भन्नेलाई चाहिँ प्रधा’नमन्त्री ओलीले पार्टीको केन्द्रीय सदस्य, सांसद र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका थिए। पन्तले यसो भनिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइ’रल बनेको छ। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्