बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको ह’त्यासम्बन्धी घट’नाको अनुसन्धानमा खटिएर सफलता प्राप्त गरेको भन्दै दुई प्रहरीलाई बढुवा गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक पदमबहादुर थापालाई प्रहरी नायव निरीक्षकमा र प्रहरी जवान नरबहादुर थापालाई प्रहरी हवल्दारमा ब’ढुवा गरेको हो ।
प्रहरी नायव निरीक्षकमा बढुवा भएका पदमबहादुरले गत कार्तिक पहिलो साता अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत इन्चा’र्ज प्रहरी सहायक निरीक्षक गोबिन्द विक र प्रहरी जवान रामबहादुर साउदको ह’त्या प्रकर’णमा पनि सूचना सं’कलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । परिणामस्वरुप प्रहरीले ह’त्यामा संलग्नहरुलाई केही दिनमै प_क्राउ गर्न सफलता पाएको थियो ।
यस्तै, प्रहरी हवल्दारमा बढुवा भएका नरबहादुर थापाले माघ ११ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–१ निवासी ७१ वर्षीया वृद्धा खन्टी भुलको ह’त्यामा समेत अनुसन्धानको पाटोमा प्रभा’वकारी भूमिका निर्वाह गरेका थिए । भुललाई भाइ नाता पर्ने दलबहादुर विकले रातिको समयमा ह’त्या गरी गहना लुटे’का थिए । घ’टना लगत्तै सो स्थानमा भएका कागज, पैतालाको डोब पहि’चान गरी प्रहरीले अनुसन्धानमा सफलता पाएको थियो । अनुसन्धानकै क्रममा दलबहादुरमाथि शं’का लागि खानत’लासी गर्दा लुटि’एको सुन र ह’त्यामा प्रयोग गरिएका हतियार फेला परेपछि निजलाई प’क्राउ गरिएको थियो ।
बुधबार बढुवा भएका दुवैलाई बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआईजी उत्तमराज सुवेदीले दर्ज्या’नी चिह्न प्रदान गरे । भागरथीको ह’त्या सम्बन्धमा यी दुवैले अनुसन्धानको पाटोमा निकै महत्वपूर्ण काम गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्या’लयको भनाइ छ । उनीहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घट’नाको अनुसन्धानमा सफल’ता पाएको डिआइजी सुवेदीले बताए ।
प्रहरी नायव निरीक्षकमा ब’ढुवा भएका थापा २०५६ साल भदौ २० गते प्रहरी सेवामा प्रवे’श गरेका हुन् । प्रहरी जवानका रुपमा सेवामा प्रवेश गरेका उनी २०६५ सालमा हवल्दारमा ‘बढुवा भएका थिए भने २०७३ मा प्रहरी स’हायक निरीक्षकमा बढुवा भए । हवल्दारमा बढुवा भएका थापा भने २०६३ चैत ३ गते प्रहरी जवानका रुपमा प्रहरी से’वामा प्रवेश गरेका हुन् ।
अनुसन्धानमा यसरी मिल्यो सफ’लता
पदमबहादुर थापा:भागरथीको ह’त्यापछि सूचना संकलनमा मेरो मुख्य भूमिका रह्यो । घट’नाको सुक्ष्म विश्लेषण, घ’टना कहाँ र कसरी भयो भन्नेबारे सुक्ष्म अध्ययन गरिनुका साथै चडेपानीबाट विद्यालय खोचलेकसम्म जाने–आउने मानिसहरुको तथ्यांक सं’कलन गरियो ।
समयको क्याल्कुलेसन, घ’टनास्थलको विश्लेषण र हिँड्न लाग्ने समय, त्यसको फिड ब्याक लिने काम गरियो । मृ’तक स्कुलबाट कतिखेर घरतर्फ हिँडिन्, कुन बेला कहाँ पुगेको हुनुपर्छ भन्नेबारे एउटा आधार तया’र पारियो । शं’काको घेरा’मा रहेका मानिसहरुलाई के’लाउँदै गयौँ र सो दिन भागरथीलाई कसले कहाँ देख्यो भन्नेबारे हाम्रो नेतृत्वलाई सू’चना दिँदै गयौँ ।
आएका सूचनालाई सुक्ष्म तरिकाले के’लाउँदै थप अनुसन्धान कसरी गर्ने भन्नेबारे सधैँ नेतृ’त्वसँग बसेर छलफल गरिन्थ्यो । शं’काको घेरामा रहेका व्यक्तिसँग सो’धखोज गर्दा उसले हामीसँग झु’ट बोल्यो कि बोलेन भनेर क्रस भेरिफि’केशन गरिन्थ्यो । अभियुक्तलाई हामीले सुरुमै निगरा’नीमा राखेका थियौँ । अन्ततः हाम्रो अनुस’न्धान सफल भयो ।
प्रदेश प्रहरी प्रमुख डीआईजी साव स्वयं भागरथी ह’त्या घट’नामा फिल्डमै खटिनुभएको थियो, उहाँले नजिकबाट अनुसन्धानलाई नियालेर आवश्यक नेतृ’त्व दिइरहनुभएको थियो । त्यसले पनि हाम्रो मनोबल उच्च भएको थियो । घ’टना अनुसन्धानको क्रममा हामी दुई जनालाई उच्च मूल्याङ्कन गरी बढुवाका लागि संगठन प्रमुखलाई सिफारिस गरियो । जसका कारण हामीलाई मात्र होइन, सबै प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्ने जोस, जाँगर बढेको छ । यो बढुवाले आफ्नो कर्तव्य’प्रति निष्ठावान भई काम गर्ने जागर र ऊर्जा मिलेको छ ।
नरबहादुर थापा: भागरथी भट्टको ह’त्यासम्बन्धी घट’नामा सूचना संकलन, ब्यक्तिको पहिचान, सबुत प्र’माण, संकलनमा मैले भूमिका निर्वाह गरेको थिएँ । भागरथीले अध्ययन गर्दै आएको सनातन धर्म माध्यमिक विद्यालय खोच’लेकबाट आउने–जाने विद्यार्थी र गाउँलेलाई सोधपुछ, घ’टना पश्चात सो बाटो हुँदै निस्किएका व्यक्तिलाई निगरानीमा राखियो । घट’नासँग सम्बन्धित सबै सूचना संकलन गरी नेतृत्वलाई दियौँ र सूचनाको विश्लेषण गरी नेतृत्वले हामीलाई दिएको निर्देशन’अनुसार मैले आफ्नो भूमिका निर्वाह गरेँ । सोही अनुसार सुक्ष्म अध्ययन पश्चात १४ दिनपछि ह’त्यारा पत्ता लगा’उन सफल भइयो । – रातोपाटीबाट