प्रचण्ड-माधव नेतृ’त्वमा सरकार बन्नु गोरु ब्या’उनु जस्तै : सूर्य थापा

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–माधव नेतृत्वमा सरकार बन्ने सम्भावना ‘शून्य बराबर’ रहेको बताएका छन् । बिहिबार सामाजिक सञ्जालमार्फत नेकपा ओली समूहका केन्द्रीय सदस्य समेत रहेका थापाले प्रचण्ड–माधव नेतृत्वमा सरकार बन्नु ‘गोरु ब्याउनु’ जस्तै भएको भनेर टिप्पणी गरेका हुन् ।

‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ,’ उनले लेखेका छन्,‘यो गोरु ब्याएर बिगौती खान खोजजस्तै मात्र हो। कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ।’

गत मंगलबार सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपा प्रचण्ड–नेपाल समूह नयाँ सरकार गठनका लागि गृहकार्यमा जुटेको छ। प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले नयाँ सरकार साझेदारीका लागि कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल गरेका छन् । – न्यूज 24 बाट

यो पनि पढ्नुहोस्
स्पेनिस ला लिगामा क्या’टलान क्लब बार्सिलोनाले एल्चेमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलो’नाले एल्चेलाई ३–० गो अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई सहज जित दिलाउनको लागि कप्तान लियो’नेल मेस्सीले दुई गोल गरे भने जोर्डी अल्बाले एक गोल गरे । बार्सिलोनाले तीनै गोल दोस्रो हा’फमा गरेको थियो ।

खेलको ४८ औँ मिने’टमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएक थिए । ६८ औँ मिनेटमा उनले नै गोल गर्दै बार्सिलोनालाई २–० ले अगाडि बढाए । त्यसको ५ मिनेट न’बित्दै ब्रेथवेटकै हेडरबाट आएको बललाई जोर्डी अल्बाले गोलमा परिणत गरे । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बा’र्सिलोनाले जित्यो ।

यस जि’तसँगै बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ‌। टोलीको २४ खेलमा ५० अंक छ भने सेभि’ल्ला २३ खेलमा ४८ अंकस’हित चौथोमा छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिड २३ खेलमा ५५ तथा रियल २४ खेलमा ५२ अंकस’हित दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्