गायिका अन्जु पन्तले वि’वाह गरेकी छन् । उनले प्रेमी थिर कोइरालासंग दोस्रो विवाह गरेकी हुन् । थिरको पनि यो दो’स्रो विवाह हो । अन्जु र थिरले एक बर्षदेखि प्रेमलाई विवाहमा परि’णत गरेका हुन् । प्रेमको बारेमा केही दिन अघि मात्र सार्वज’निक गरेका उनीहरुले बिहेको मिति बारे भने बताएका थिएनन् ।
केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् । उनीहरुले विवाह छिटै हुने कुरा भने बताएका थिए ।
अन्जु र थिरले चर्चमा बिहे गरेको सार्वज’निक भएका तस्बिरवाट बुझ्न सकिन्छ । दुबै जना क्रि’श्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । विवाहमा सिमित आफन्त मात्र बोलाइएको र विवाहलाई गोप्य राख्ने प्र’यास गरिएको थियो । थिरले पाटनको चर्चमा विवाह गरेको स्वी’कार गरेका छन् ।
कोरोना जो’खिका कारण सिमित ब्यक्तिका बिच विवाह गरेको उनीहरुको भनाई छ । दुबै जनाको परिवारको उप’स्थितीमा मात्रै बिहे गरेका हौं । कलाकारहरुले भब्य रुपमा विवाह गर्दै आएको बेलामा अन्जु र थिरले भने सा’मान्य रुपमा विवाह गरेको बताइएको छ ।
गायिका पन्तको एक दश’क अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । उनीहरुको एक छोरी परितोशिका पनि छन् । आमाछोरी सँग बस्दै आएका थिए । छोरीले नै आ’फुलाई विवाह गर्न द’वाव दिएको अन्जुले बताउँदै आ’एकी थिइन् ।