ह्वात्तै घट्यो आज सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौ नेपाली बजारमा बिहिबार सुनको मूल्य ह’वात्तै घटेको छ । बुधबार प्र’तितोला ८९ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले घटेर प्र’तितोला ८९ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महा’संघले जनाएको छ ।

त्यस्तै आज चाँदी’को मुल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैंयामा बढेर १३ सय ५५ रुपैंयामा कारो’बार हुने महा’संघले जनाएको छ । – ओएस नेपालबाट

यो पनि पढ्नुहोस्
व्याव’सायिक कृषिमा आकर्षण
झिमरुक गाउँपालिका–६ चिसाबाङ्गका ईश्वरीप्रसाद पोख’रेलले जिल्लामै ठूलो लगानीमा व्याव’सायिकरूपमा लेयर्स जातको कुखुरापालन गर्दै आउनुभएको छ । भारतीय सेनाको जागिरका क्रममा खुट्टामा गोली लागेपछि सात वर्षकै अवधिमा २०६१ सालमा एकमुष्ट रकम लिई जागिरबाट अव’कास लिएपछि व्यव’सायमा लागेको उहाँले बताउनुभयो ।

नेपालमै केही गर्ने मनसायले व्यवसायमा जोडिएको उहाँँको भनाइ छ । प्रिसा पशुपक्षी तथा कृषि फार्ममा’र्फत २०७५ मङ्सिर २४ गतेदेखि लेयर्स कुखु’रापालन शुरु गरेको उहाँले बताउनुभयो । फार्ममा अहिले सात हजार लेयर्स जातका कुखुरा रहेका छन् । पालेको साढे पाँच म’हिनामा लेयर्स जातको कुखुराले अण्डा दिन शुरु गर्दछ । सोहीअनुसार फार्ममा दैनिक २८ पेटी ९पाँच हजार ८८० गोटा० अण्डा उत्पा’दन हुने गरेको फार्मका व्यव’स्थापक वियजकुमार गुप्ताले बताउनुभयो ।

यहाँ उत्पा’दन भएको अण्डा जिल्लासँगै छिमेकी जिल्ला अर्घाखाँची, गुल्मी तथा भैरहवा, नेपालगञ्ज र काठमाडौँमा पनि खपत हुने गरेको उहाँले बताउनुभयो । बन्दाबन्दीको समयमा बजा’रका लागि केही समस्या भए पनि हाल धेरै ठाउँबाट माग हुने हुँदा अण्डा पुर्याउन धौधौ भएको उहाँको भनाइ छ । रु साढे चार करोड लगानीमा लेयर्स कुखुरा फार्मसँगै तरकारी खेती’समेत गरेको व्यवस्थापक गुप्ताले बताउनुभयो । “शुरुमा १० हजार कुखुरा फार्म’मा हालेका थियौँ”, गुप्ताले भन्नुभयो, “हाल सात हजार छन् ।

” अबको केही स’मयमा कुखुरा थप्ने योजना रहेको उहाँले बताउनुभयो । कुखुरा थप्नका लागि रु छ करोड लगानीमा संरचना निर्माण हुँदै गरेको उहाँले जानकारी दिनुभयो । नयाँ संरचना निर्मा’णपश्चात दुई लाख कुखुरा अट्नेछन् । बाइस रोपनी क्षेत्रफल जग्गामा फार्म सञ्चालन गरिएको छ । सात रोपनी जग्गा वार्षिक रु ६० हजार तिर्ने गरी लिजमा लिएकोसमेत व्यवस्थापक गुप्ताले बता’उनुभयो । फार्म सञ्चालनका लागि आफ्नै लगानीमा लिफ्टमार्फत खानेपानी, बिजुलीको ट्रान्समिटर, ७०० मिटर सडक निर्मा’णसमेत गरिएको छ ।

त्यस्तै ढुवानीका लागि एउटा पिकअप, एउटा कार र १ ट्र्याक्टरसमेत रहेको उ’हाँले बताउनुभयो । उहाँका अनुसार कुखुरालाई दाना भैरहवाबाट खरिद गर्ने गरिएको छ । फार्म सञ्चा’लनका लागि १८ कर्मचारी समेत राखेको उहाँको भनाइ छ । फार्मबाटै विभिन्न क्षेत्रको खर्च कटाएर वार्षिक रु ५० लाख आम्दा’नीसमेत हुँदै आएको व्यवस्था’पक गुप्ताले बताउनुभयो ।

विसं २०७६ साउन २ गते आएको अविरल वर्षाका कारण गएको पहिरोले कुखुरा राखेको टह’रा पुर्दा फार्ममा रहेका एक हजार २०० कुखुरा नष्ट हुनुका साथै टहरा क्षतिग्रस्त हुँदा करिब रु ५० लाख बराबरको क्षति भएको फार्म सञ्चा’लक पोखरेलले बताउनुभयो । हालसम्म कुनै पनि निकायबाट फार्म सञ्चालनका लागि स’हयोग नपाएको र जिल्लास्थित स्थानीय निकाय, स’रकारी तथा गैरसरकारी संस्थाबाट सेवा सुविधा नपाएको उहाँले दुखेसो पोख्नुभयो ।

पोख’रेलले तरकारी खेती पनि गर्दै आउनुभएको छ । गत वर्षको मङ्सिरदेखि नौ वटा टनेलमा टमाटर, भाण्टा, करेला, काउलीसँगै मौसमी तथा बेमौसमी तरकारी उत्पा’दन हुँदै आएको छ । यहाँ उत्पादित तरकारी जिल्लामै बिक्री हुँदै आएको छ । हालसम्म रु १० लाखको तरकारी विक्री समेत गरेको व्यवस्था’पक गुप्ताले बताउनुभयो । त्यस्तै नर्सरीका लागि हरितगृहसमेत निर्माण हुँदै गरेको गुप्ताले ब’ताउनुभयो ।

चा’लीस वर्षीय पोखरेलले २०६३ सालदेखि विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आउनुभएको छ । मकवानपुरको चित्ला’ङमा बाख्रापालन, चितवनमा गाईफार्म र कपिलवस्तुमा ४० हजार लेयर्स कुखुरापालन गर्दै आएको उहाँले बता’उनुभयो । विभिन्न क्षेत्रमा गरेर ३५० व्यक्तिलाई रोजगारीसमेत दिएको पोख’रेलले बताउनुभयो ।

लेयर्स ९कुखुरा० फार्म र प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले पोखरेलले रु १३ करोड लगा’नीमा अत्याधुनिक फार्म स्तरोन्नति गर्दै हुनुहुन्छ । रु आठ करोडको भवन निर्माण र रु पाँच करोडको स्वचालित केज गरी जम्मा रु १३ करोडको अत्याधुनिक प्रविधिजन्य भवन निर्माणका लागि शिला’न्यास गरिएको छ । भवन दुई वर्षभित्र नि’र्माण हुनेछ । भवन निर्माण पश्चात एकैैपटकमा तीन लाख लेयर्स पालेर दैनिक तीन लाख अण्डा उत्पादन गर्ने लक्ष्य राखि’एको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्