करिना कपुर एक’पटक पुनः आमा बनेकी छिन् । उनले दोस्रो पटक आइतबार बि’हान छोरालाई जन्म दिइन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्सा’हित छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तया’र देखिएका छन् ।
करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्प’तालमा भर्ना गरिएको थियो । भारतीय सञ्चार माध्यका अनु’सार आमा र बच्चा दुबै स्वस्थ छन् । करिना कपुरको परिवारका थुप्रै सदस्य अस्पतालमा आ’वतजावत गरिरहेको देखिएका छन् ।
करीना आफ्नो गर्भावस्थाको अव’धिमा धेरै सक्रिय थिइन्। उनी शारीरिक रूपमा पनि ‘सक्रिय रही घुमिरहेकी थिईन्।करीनाले सामाजिक सञ्जा’लमार्फत आफ्ना कार्यको अपडेट’हरू शेयर गरिरहन्थिन्।
करीनाले साँझ इन्स्टामा उप’हारका दुई फोटोहरू शेयर गरेकी थिईन्। सैफ र करीनाले २०१६ मा छोरा तैमूरलाई जन्म दिएका थिए। सैफ अली खान भने चौथो पटक बुबा बनेका हुन्। उनको पहिलो विवा’ह अमृता सिंहसँग भएको थियो। उनकी छोरी सारा अली खान र छोरा इ’ब्राहिम अली खान छन्। – इताजा खबरबाट
यो पनि पढ्नुहोस्
नेकपा कम्यु’निष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख सदस्य’ता विस्तार गर्ने भएको छ । गत माघ २५ र २६ गते भएको दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका नवनिर्वाचित अध्यक्ष बचनब’हादुर सिंहले ‘जहाँ युवा त्यहाँ राष्ट्रिय युवा सङ्घ’ भन्ने मान्यता अनुरूप चैत मसान्तभित्र पाँच लाख सद’स्य विस्तार गर्ने बताउनुभयो ।
उहाँले चैतमसान्तभित्र ७७ वटा जिल्ला कमिटी, १६५ वटा सङ्घीय निर्वाचन क्षेत्र स’मन्वय कमिटी, ३३० प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, ७५३ स्थानीय तह कमिटी र छ हजार ७४३ वडा कमिटी गठन गर्ने समेत जान’कारी दिनुभयो ।
सा’इबर सेना बनाइने
उहाँले सबै कमिटीमा साइबर सेना गठन गर्नेसमेत जानकारी दिनुभयो । मुलुकको स्वाधीनता तथा जनआ’न्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै कमि’टीमा साइबर सेना बनाउन थालिएको बताउनुभयो । यसअघि तत्कालीन नेकपा (एमाले)को युवा सङ्घले युथ फोर्स गठन गरेको थियो । बैठकले सरकारले गरेको लोक’प्रिय काम र असाधारण उपलब्धिलाई जनता’बीचमा पुर्याउन सङ्घका नेता कार्यकतालाई विशेष अभियानका साथ परिचालन गर्ने नि’र्णय गरेको छ ।
बैठकले वि’देशबाट स्वदेश फर्किएका र स्वदेशमा रहेका युवा जनशक्ति राज्यको नीति तथा कार्यक्रममा पूर्ण’रूपमा जोडिन नसकेको भन्दै संवि’धानमा उल्लेख गरिएको युवा हक अधिकार र सरकारद्वारा घोषित युवामैत्री नीति कार्यक्रमलाई पूर्णतः युवाले सदुपयोग गर्न वातावरण मिलाउन सरका’रसँग माग गरेको छ । बैठकले सरकारले आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनमा क्रिया’शील हुन सबै कमिटीलाई निर्देशन दिएको अध्यक्ष सिंहले जा’नकारी दिनुभयो ।