भागीरथीले पालेका बाख्रा हेर्दै भ’क्कानो छोड्दै रुन्छिन् आमा, भागीरथिका सबै सामान ह’टाए पनि आशु रो’किएन आमाको

शुक्रबार भागरथी भट्टको अन्तिम संस्कार गरेर घर फ’र्किनु भएका केशवलाई आमा स’माल्न गाह्रो भईरहेको छ । आमा द्रोपति छोरीले बारीमा लगाएको तोरी फूलेको देखेर छिन छिनमा भ’ क्कानिएर रुनुहुन्छ । भागरथीको याद आउने घरका सबै वस्तु हटाए पनि बा’रीमा फूलेको तोरी कहाँ लगेर राख्नु ? भागरथीका दाजु केश’वले भन्नुभयो । “फूलेको तोरी टिप्न नपाउँदै आफै ओई’लिएर गई,” केशवले भन्नुभयो,“ घर खर्च च’लाउन बाख्रा पनि पालेकी थिएन्, वस्तुभाउ उसैको जिम्मा थिए ।”

चडेपानी गाउँबाट डेढ घण्टाको सडक दूरीमा पर्ने बैतडी अस्पतालको शव’गृहबाट भागरथीको श’व निकालेर भागरथीका दाइ केशवले महाकालीमा अन्त्य’ष्टि गर्न जाँदा छोरीको अनुहार अन्तिम पटक हेर्ने चाहना थियो तर, आमा द्रोपतिलाई आ’फन्तले हेर्न जान दिएनन् ।

श्रीमानको मृत्युपछि सेतो पहि’रनमा रहनु भएकी द्रोपतिलाई छिमेकी र नजिकका नातेदार रातदिन सम्झा’उन घरमा आईरहनुहुन्छ तर, एकपछि अर्को बज्रपातले द्रोपति एकोहोरो टो’लाएर रोईरहनुहुन्छ । घरमा कहाँबाट को आउँदैछन् ? केही थाहा छैन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडे’पानीकी १७ वर्षीया भागरथी भट्टको जन्म २०५९ साल वैशाखमा भएको थियो ।

आमा द्रोपति नि’रक्षर हुनुहुछ । सामान्य लेखपढ गर्न जान्ने बुवा कृष्णानन्द भट्टको मधु’मेह रोगका कारण किड्नीमा समस्या देखिएपछि उपचार गराउन नसक्दा उहाँको तीन महिनाअघि धनगढीमा मृ’त्यु भयो ।घरको एक मात्र सहाराको रुपमा रहनु भएका कृष्णानन्दको मृ’त्यु भएपछि परिवारको मे’रुदण्ड नै भाँ चियो । बुवाको किरिया सकेर घर खर्च चलाउन २० वर्षीया केशव भट्ट सेतो पहिरनमा रहेकी विधवा आमा द्रोपतिलाई १७ वर्षीया बहिनी भागरथीको जिम्मा छो’डेर यही माघ ४ गते मज’दुरी गर्न भारत जानु भएको थियो ।

गरिबीका कारण कक्षा १० सम्म मात्र अध्ययन गरेर बुवा कृष्णानन्दले प’छ्याउँदै गरेको बाटो ‘ईण्डियाको चौकीदारी’ अर्थात् भारत गएर ज्याला मजदुरी गर्ने बाटोमा मो’डिएका केशव आफूले पढ्न नसके पनि बहिनी भागरथीलाई उच्च शिक्षा प’ढाउने धोको थियो ।

“खर्चको जोहो गर्नकै लागि विधवा आमालाई बहिनीको सहा’रामा छाडेर झोला बाकेर भारत लागेको थिए,” केशवले भन्नुभयो, “ सबै सपना च’कनाचुर भयो । माघ ४ गते भारत गएको हुँ । २१ गते बहिनी हराएको खबर सुने । २२ गते यस्तो भएको समा’चार सुने । मुगलानबाट रुँदै कसरी घर आईपुगे केही थाहा छैन । ” चरम गरिबी, त्यसमाथि रोगी बुवा उ’पचार नपाएर बितेको पी डा । घर छाडेर परे’देशिएका दाइ ।

घरमा वि’धवा आमा, यी सबै पी डा सहेर पनि भारथी भट्ट चडेपानी गाउँबाट एक घण्टा पैदल हिँडेर खोच’लेक बजार नजिकै रहेको सनातन धर्म माविमा अर्थशास्त्र विषय पढ्नुहुन्थ्यो । जन्मदै गरिबी झेलेकी भागरथीको अर्थ’शास्त्र विषय पढ्ने धोको थियो । पढाईमा गाउँकै अब्बल विद्यार्थी थिईन् भागरथी । नियमित विद्यालय जाने भागरथी घरको अवस्थाका का’रण पढाई सकेर चाँडै घर फर्किनु हुन्थ्यो ।

समयमै विद्यालय आउने जाने भागरथी माघ २१ गते बुधबारका दिन अबेर’सम्म पनि घर नफ’र्किदा आमा द्रोपतिको मनमा चिसो पस्यो । भागरथीले पालेका बाख्रा, गाई गोरु पनि भागरथीकै बाटो हेरिरहेका थिए । भागरथीले पढाई गरेर बचेको समय नि’कालेर घरमा पाँच वटा बाख्रा, तीन गाई, तीन बाच्छा, एक भैंसी र एक हल गोरु पाल्नु भएको थियो ।

भर्खरै ब्या’एका तीन वटा बाख्राका पाठा आँगनमा अ’हिले पनि लडिबुडी गरिरहेका छन् । एउटा गोठसहितको सानो घर छ । घर न’जिकैको गहुँको बारीको डिलै डिलमा तोरी फूलेको छ ।“आँगनमा बाख्राका पाठा खेल्दा, बारीमा फूलेको तोरी देख्दा आँखा’बाट आँसु रोकिदैनन्,” आमा द्रोपतिले भन्नुभयो, “ दिन त रोएर का ट्छु । रात बिताउँन साह्रै पी डा हुन्छ । ”श्रीमानको मृ’त्युुपछि सेतो पहिरनमा बसेकी आमा द्रोपतिलाई मेलापात देखि साँझ–बिहान सघा’उने भागरथी नै थिईन् । घरधन्दा, मेलापात र खेतीपातिको जिम्मेवारी पनि भागरथीकै काँ’धमा थियो ।

फूल जस्ती छोरीमाथि पा’पीको आँखा लागेपछि नि’ मोठेर प्राण लिएपछि बाँच्न गाह्रो भएको द्रोपतिले पी’ डा सुनाउनुभयो । माघ २१ गते विद्याबाट घर फर्किदा बे’पत्ता भएकी भागरथीको भोली पल्ट २२ गते गाउँ नजिकैको ल’डालेक जङ्गलमा श’व फेला परेको थियो ।

बैतडी प्रहरीले भागरथीको घट’ना भएको १३ दिनपछि यही फागुन ५ गते बुधबार भागरथीको ज्या ‘न लिएको आ’रोपमा चडेपानीकै दिनेश भट्टलाई अभियुक्तका रुपमा सार्व’जनिक गरेपछि परिवारलाई सुरुमा पत्या’उनै गाह्रो भयो । आरोपी दिनेश भट्ट भागरथीकै भाइ ताना पर्ने थिए । अझ उमेर र पढा’ईमा पनि कान्छो थिए । घ’टनामा दिनेशको सं’लग्नता पुष्टि नभएसम्म परिवारले श’व नबुझ्ने बताउँदै परिवारले केही दिन श’व बुझ्न मानेनन् ।

अरोपित दिनेश भट्टले फागुन ६ बिहीबार आफ्नै घरप’रिवारका सदस्य मध्येका बुवा, सरकारी वकिल र अनुसन्धानमा सरिक प्रहरी अधिकृतका सामु आफूलेनै यो घ’टना गरेको स्वीकारगरेपछि भागरथीको शव बुझेर महाकाली नदी किनारमा अन्त्ये’ष्टि गरिएको आफन्त शिवराज भट्टले बताउनुभयो ।

विहीबार अभियुक्त दिनेश भट्टको ब’यानका आधारमा लडाकेल जङ्गलबाट भागरथीले प्र’योग गर्ने गरेको घडी फेलापरेपछि घ_टनाको वि’स्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा गोकर्ण दयालले लेखेका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्