रचना रिमाल र पुस्कल शर्माको पहिलो गीत ‘के दिऊँ मायालाई’ बजारमा आएको केहि घण्टामै भा’इरल(भिडियो सहित)

लोकप्रिय गायक पुस्कल शर्मा तथा गा’यिका रचना रिमालको स्वरमा नयाँ गीत ‘के दिऊँ माया’लाई’ सा’र्वजनिक गरिएको छ । लोकलयको उक्त गीतमा शब्द तथा संगीत गायक पुस्कलकै रहेको छ भने एरेन्ज कृष्ण बिकले गर्नुभएको छ । गीतको भिडि’योमा पुस्कलसँगै महिला मोडलमा अन्जली अधिकारी, सबि शर्मा, समिक्षा पोखरेल र अनुपा अधिकारीले अभिनय गर्नुभ’एको छ ।

मन्दिर म्युजीक कम्पनीबाट सा’र्वजनिक यस गीतलाई पुस्कल शर्माकै युट्युव’मार्फत हेर्न सकिनेछ । भिडियो काजिश श्रेष्ठले निर्देशन गर्नुभएको हो भने अजय रेग्मीले खि’च्नुभएको छ । भिडियोको सम्पादन तथा कलर भर्नेकाम दिपक बिष्टले गर्नुभएको हो । गायक पुस्कलका यसअ’घिका बिशेष गरी ‘सेन्टिमेन्टल’ गीतहरु लोकप्रिय छन् । जसले गर्दा पुस्कललाई अन्य रोमान्टिक गीत गाएको सुहाउँदैन भन्नेहरु पनि भेटिन्छन् तर यस गीतपनि लोकलयको रोमा’न्टिक गीत भए’काले पुस्कल प्रतिको बुझाई अझ फरा’किलो हुनसक्छ ।

पुस्क’लले पनि आफूले केहि फरक प्रयोग गर्न खोजेको बताउनु भएको छ । ‘मैले यसअघि गाएका धेरै गीत सेन्टिमेन्टल भएर होला दर्शक तथा स्रोताले पनि फरक स्वाद नपाएजस्तो भएको हुनस’क्छ । यो गीतबाट केहि फरक गर्ने कोशिस गरेको छु ।’ पुस्कलले आर्टिष्ट खबरसँग भन्नुभयो । ‘मैले सबै प्रकारका गीत गाउन’हसक्छु तर दर्शकको मनमा सेन्टिमेन्टल बढी बसेको हो ।’ – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्