भिडियो यो समाचारको अ’न्त्यमा राखिएको छ पुरा हेर्नुहोला नेपालमा पहिलो पटक ब्यवसायीक नर्स प्रशिक्षक र प्राध्यापकहरुवाट नर्सिङ सेवाका लागि पूर्व त’यारी कक्षा सुरु भएको छ । नर्सिङ सेवामा लामो समय देखि लागेका अनुभ’वीहरुले यस्तो काम थालेका हुन् ।
नर्सिङमा गुणस्तर बढाउन र नर्सिङ लाइसेन्सको परिक्षामा अत्या’धिक सफल नतिजा ल्याउने उद्देश्यका साथ प्रशन्न इन्ट’रनेशनल एजुकेशन प्रा लि ले नेपालमै पहिलो पटक पूर्व तयारी कक्षा संचालन गरेको हो । काठमाडौको सातदोवाटोमा उ’द्घाटन गरिएको तयारी कक्षामा उल्लेख्य नर्स र स्वास्थ्य सेवामा लागेकाहरुको सहभागीता रहेको आयो’जकले जनाएको छ ।
जसमा ब्यवसा’यीक नर्स प्रशिक्षक र प्राध्यापकहरु सहभागी छन् । प्रशन्नले नर्स द्धारा नर्सका लागि भन्ने स्लोगन लिएर नेपाल नर्सिङ परिसद, लोक’सेवा आयोग र अन्य पिसिएल बिएनएस, बिएस र एम एन पूर्व तयारी कक्षा संचालन गरेको हो ।संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु पाठक खड्काका अनुसार मंग’लवार देखि तयारी कक्षाको ओरिन्टेशन तथा उ’द्घाटन भएको छ ।
नर्स सम्बन्धी परिक्षामा पास हुने दर निकै कम भएको कुरालाई मनन गरेर नर्सवाटै अ’ध्ययन गराउँदा त्यसको परिणाम राम्रो आउने विश्वा’सका साथ कक्षा संचा’लन गर्न लागेको संचालक मध्यका प्रभा अर्यालको भनाई छ । अर्याल सहित विष्णु पाठक खड्का, प्रतिक्षा ढकाल र यमुना वज्राचार्यको समुहले ललितपुरको सा’तदोबाटोमा यस्तो काम गर्न लागेको हो ।
समुहले न’र्सिङ पेशामा लाग्न चाहेन र लागेकाहरुलाई अझ बढी ज्ञान सिप र क्षमता अ’भिवृद्धि गर्न अन्य विभिन्न किसिमको तालिम पनि दिने योजना बनाएको छ । हेल्थ केयर, जेष्ठ नागरिक हेर’चाह गर्ने सेवा र रेस्पाइट होम सम्मको सेवा दिनेलाई तालिम उप’लब्ध गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।