धुर्मुस सुन्तलीले नीर्माण गरेको बस्तीमा पुग्दा रोइन आमा, “कि खान देउ कि घर लैजाउ” (हे’र्नुहोस् भिडियो)

अभिनेत्री स्वेता खड्काले नि’र्माण गरिएको भनिएको माझी वस्तीको स्थलगत रिपो’र्टिङपछि यसै साता हाम्रो कला टिभीको टिम धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको महोत्तरीको बर्दिवासस्थित ए’कीकृत नमूना मुसहर वस्ती पुग्यौँ । वस्ती हस्तान्तरण भएको तीन व’र्षपछि त्यहाँको वस्तुस्थिती बुझ्न जब मंगलबार बिहानै हामी त्यहाँ पुग्यो, वस्तीको मुहार खुशी’ले रंगिएको थियो । कारण, त्यहाँ वस्तीकै सदस्य कसैको बिहे भइरहेकोे थियो । बाजा बजिरहेको थियो, वस्तीका मुस’हरहरु खुशीले नाचिरहेका थिए ।

सधँै अभाव, गरीबी र उत्पीडनले डामिएका मुस’हरहरुको दैनिकीमा यस्तो खुशीको मौसम विरलै देख्न पाइन्छ । नत्र त आज के काम पाइएला, कति कमा’इएला, साँझ खान पाइएला÷नपाइएला, यस्तै प्रश्न र चिन्तामै त बित्छ उनी’हरुको जीवन ।

तीन वर्षअ’घिसम्म खरको झुपडीमा बस्दै आइरहेका त्यहाँका मुसहरहरु पक्की घरमा बस्न पा’उँदा खुशी त हुने नै भए । तर, लगभग १६ कठ्ठा क्षेत्रफलमा फैलिएको यो एकीकृत बस्तीमा पुग्दा धेरैको गुनासो थियो– ‘घर त पाइयो, तर काम खोइ ?’ काम नपा’उँदा जिविको टार्न धौ धौ परिरहेको पीडा उनी’हरुले सुनाए ।

वस्तीभित्र रिपो’र्टिङका क्रममा हामी पुग्यौँ, घरअगाडी आँगन पोतिरहेकी आमा फुलकमारी सदाको घरमा । आफ्नै छोराबुहा’रीबाट हेपिएको बताउँदै गर्दा उनका आँखाबाट आँशु थामिएनन् । लडेर घाइते भएका श्रीमान्लाई उनी अरुसँग भिख मागेर पा’लिरहेको बताइरहेकी थिइन् । १ वर्षदेखि वस्तीमा धुर्मुस सुन्तली नआएको गुनासो गर्दै उनी टिलपिल आँशुसहित विलौना गरि’रहेकी थिइन्, ‘धुर्मुस सुन्तली चाँडै चामल लिएर आउनु ल ।’ – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्