मदनकृष्ण श्रेष्ठले ‘फुल बुट्टे सारी’ बोलको गीत गा’एका छन् । उनको स्वरमा तयार भएको गीत म’ङ्गलवार देवी थान युट्युबमार्फत सार्वजनिक गरिएको छ । मङ्गलवार बि’हान सार्वजनिक भएको भिडिओमा मदनकृष्णको स्वरसँगै अ’भिनय पनि हेर्न पाइने भएको छ। लेजेन्डरी भर्जन भनिएको यस गीतको भिडियोमा अभिनेत्री मिथिला शर्मा र मदनकृष्ण जो’डी बनेकी छन् ।
राज’नराज शिवाकोटीको शब्द र संगीत रहेको गीत यसअघि मेल, फिमेल र चाईल्ड भर्जनमा सर्वा’धिक लोकप्रिय भैसकेको छ । यसअघि सार्व’जनिक भएको मेल भर्जनमा मार्मिक लामा, फिमेल भर्जनमा मिलन नेवार र चाइल्ड भर्जनमा आरिश्मा सिवाकोटीले स्वर दिएका थिए ।
मदनकृष्ण कुशल अभिनेता मात्र नभ’ई राम्रा गायक पनि हुन्। मदनकृष्णका अनुसार, नेपालभाषामा दर्जनौं रोमा’न्टिक गीत गाए पनि उनले नेपालीमा गाएका धेरैजसो गीत गम्भीर छन्। – इताजा खबरबाट
भिडिओ हेरौं :