भागीरथी घ’टनाको बारेमा खुल्यो नयाँ कुरा, त्यो दिन भागीरथीले गरेकी थिइन् आफ्नै साथीलाई यस्तो अ’नुरोध

भागरथी भट्ट अन्तिमपटक खो’चलेक बजारनजिकै रहेको भिरकट्यामा देखिएकी थिइन्। कक्षा १२ मा पढ्ने उनी माघ २१ गते सनतान धर्म माविबाट पौने २ बजे घर’तिर लागेकी थिइन्। सँगै आएका साथीमध्ये चडेपानीकै भानदेव भट्ट खोचलेक बजारमा कपाल का’ट्न भन्दै सैलुनतिर गए। भागरथी बाटामा पर्ने एउटा पसलमा चाउचाउ किनेर बाँकी साथीसँगै भिर’कट्या पुगिन्।

त्यहाँ चाउचाउ खाइसकेपछि त्यहाँबाट अरू छुट्टिए। भिरकट्यामा बसेर उनले चाउचाउ खाएकोसम्म देखेको स्था’नीयले बताएका छन्। त्यसपछि भने उनलाई देख्ने कोही न’भेटिएको जनाइएको छ। भिरकट्याबाट घ’टना भएको ठाउँसम्म भागरथी कसरी पुगिन् भन्ने अझै खुलिसकेको छैन। भानदेव भट्ट यसैपालि भागरथी पढ्ने विद्यालयमा कक्षा ११ मा भर्ना भएका हुन्। उनको घरबाट १५ मिनेट जति हिँडेपछि भागरथीकै घर हुँदै उनी वि’द्यालय पुग्छन्।

त्यस दिन विद्यालयको पोसाक नल’गाएका उनलाई शिक्षकले आउट ड्रेसमा आउन पाइँदैन भने। कपाल पनि लामो भएको छ का’टेर आउनू भने। ड्रेस पनि सिलाउनू भनेपछि उनी टिफिन टाइम स’किनेबित्तिकै विद्यालयबाट निस्के। भागरथी कक्षा १२ मा व्यवस्थापन संकायकी विद्यार्थी थिइन्। उनको टिफिन टाइममा पनि पढाइ हुन्थ्यो र त्यसपछि बि’दा हुन्थ्यो।

भानदेव विद्यालयबाट निस्के’पछि खोचलेक बजारमा रहेको सैलुनमा छिरे। सैलुन विद्यालयबाट पाँच मिनेटको पै’दल दूरीमा पर्छ। उनीसँगै जाडिकोटका तर्कराज भट्ट र पौडाका लीलाधर भट्ट पनि सैलुनमा पुगे। त्यतिबेला भागरथी र यी तीनै जनाको खोच’लेकमा भेट भयो। ‘भागरथीले कतिबेला जाने हो ? भनेर सोधी। हामीले कपाल का’टेर आउँछौं भन्यौं। उसले ल त्यसो भए तिमीहरू आउँदै गर्नु, म जान्छु भनी र ऊ हिँडी’, भानदेवले स्म’रण गरे।

भानदेवलाई त्यसै दिनको प’छुतो छ। ‘सायद त्यो दिन सँगै आएको भए यस्तो घ’टना हुन्थेन कि ?’, उनले भने। भानदेवसहितका तीनै जनालाई भागरथीले चाउचाउ किनेको र भीरकट्याको डाँडोमा बसेर खाएको थाहा छैन। ‘हामी त, सैलुनमा छिरिहाल्यौं, त्यसपछि भागरथीका बारेमा केही था’हा भएन’, भानदेवले भने।

भिरकट्याबाट उकालो हिँडेर डाँडामा पुगेपछि सुरु हुने क’च्ची बाटो हुँदै भागरथीको घर भएको चडेपानी गाउँ पुगिन्छ। बीचमा सिल्ल गाउँ पर्छ। त्यसपछि घ’टनास्थल लबलेक सामुदायिक वन आउँछ। मान्छे ओहो’रदोहोर भइरहने यो बाटोमा भागरथीलाई देख्ने प्रत्यक्षदर्शी भेटिएका छैनन्। ‘भिरकट्यापछि बहिनीलाई देख्ने कोही भेटिएको छैन,’ भागरथीकी दिदी पार्व’तीले भनिन्।’

दोगडाकेदार गाउँपालिकाको केन्द्र’समेत रहेको खोचलेक बजार महाकाली राजमार्गको सतबाँझ–दार्चुला सडकखण्डमै पर्छ। त्यहाँ सधैं चह’लपहल भइरहन्छ। भागिरथी पढ्ने विद्यालयबाट ५ मिनेटको दूरीमा रहेको खोचलेक बजारबाट करिब ३ मिनेटमा भिरकट्या पुगिन्छ। त्यहाँसम्म जाने बाटो तेर्सो छ। त्यहीँबाट ग्रामीण सडक उका’लो लाग्छ। लबलेक जंगल हुँदै भागरथीको शव भेटिएको ठाउँसम्म सोही स’डक जोडिएको छ।

शव भेटिएको ठाउँ हेर्दा दिउँसै घ’टना हुन सक्ने ठाउँ नभएको स्थानीय बलदेव भट्ट बताउँछन्। चढेपानीका स्थानीय सोही सडक हुँदै आ’वतजावत गर्ने भएकाले सोही स्थानमा दिउँसो यो घ’टना हुन सक्नेमा विश्वस्त हुन सकेका छैनन्। दिनभरि अन्यत्र राखेर रातको समयमा यहाँ ज्या’न लिएको हुन सक्ने अनुमान केही स्थानीयले गरेका छन्।

चिनजानकै व्यक्तिबाट भागरथीको यो घट’ना भएको हो भन्नेमा प्रहरी अ’लमलमा छैन। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘ज्या’न लिनका लागि बाहिरबाट कोही आउनेतिर हामीले सोचेकै छैनौं। भागरथीलाई ए’कोहोरो पि’छा गर्ने मान्छेतिरै हाम्रो अनुसन्धान पुगेको छ।’ – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्