कान मानि’सको प्रमुख ज्ञानेन्द्रियमध्यको एउटा मह’त्पूर्ण अङ्ग हो । कानको बाहिरी आकृतिले मानिसको शारीरिक शोभा बढाउने काम गर्दछ । कान मानिसको अनु’हारको दायाँ र बायाँ भागमा हुन्छ । कानको मुख्य काम सुन्ने र शरीरलाई सन्तलुनमा राख्ने हो । कान बाह्य, मध्य र भित्री भागमा विभाजित हुन्छ ।
कानको बाह्य भाग, जुन सिमि आका’रको मांसपेशी र कुरकुरे हड्डीबाट बनेको हुन्छ । मध्य भागमा ३ ओटा स–साना हड्डी हुन्छन्, जसलाई घन, अचानो र रिकाप भनिन्छ । कानको मध्य भागको एउटा नलीद्धारा नाक र घाँटीसँ’ग जोडिएको हुन्छ । भित्री भागमा तरल र विशेष किसिमका तन्तुहरु रहेको हुन्छ ।
बाहिरबाट आएको आवाज कान’को प्वाल, जाली हड्डी हुँदै भित्री भागमा प्रवेश हुन्छ । त्यहाँ सुनाइ र सन्तुलन सम्बन्धी विशेष काम हुन्छ । सो तरङ्गको रुपमा नसाहरुले मस्तिष्क वा केन्द्रसम्म पुर्याउँछ र प्रतिउत्तरको लागि वातावरण तयार हुन्छ । यदि कानको अवस्था ठीक छैन भने आवाज ग्रहणता र प्रतउत्तरमा पनि बाधा पुग्न जान्छ ।
साथसाथै शरीर असन्तुलन हुन पनि सक्छ । कानमा हुने सम’स्या तथा रोगको समयमा उपचार गरिएन भने जीवनभर नै पूरा बहिरो वा अर्ध बहिरो भएर बाँच्नुपर्ने हुन्छ । त्यसैले स्वस्थ जीवनको लागि स्वथ्य काम महत्पूर्ण हुन्छ ।
कानमा हुने समस्या
–कान दुख्ने,
–कान पाक्ने, कानबाट पीन, पानी र रगत मि’श्रित झोल पदाथए बग्नु,
–कानको सुना’इ कम हुने,
–कान कराउने,
–कानको वरिपरी सुन्निने,
–कान चिलाउने,
–रिंगटा लाग्नु
कानमा समस्या यस’कारण देखिन्छ
–कानेगुजी भरिनु,
–बाहिरी, मध्य र भित्री का’नमा रोगको संक्रमण,
–कानका हड्डी जाम हुनु,
–उमेर बढ्दै जाँदा कानको नसा सुक्दै जानु,
–मेनिन्जाइटिस्, इन्से’फलाइटिस्, टाइफा’इड आदि रोगहरु लाग्नु,
–चोटपटक लाग्नु,
–कानभित्र मासु पलाउनु,
–ध्वनी प्रदूषण ।
कसरी सचेत रहने ?
–कानभित्र पानी पस्न नदिने,
–कानमा तेल वा कुनै तरल पदार्थ नराख्ने,
–कान कोट्याउने काम नगर्ने,
–रुघा लाग्दा सचेत रहने,
–बच्चा’लाई खानेकुरा वा तरल प’दार्थ खुवाउदा बसाएर वा टाउको’लाई माथि बनाएर खुवाउने ।