एलिश र गीता फिचर्ड ‘कान्छीको सम्झनाम’ रिलिज (भिडियो)

भ्यालेन्टाइन–डे’लाई ल’क्षित गरेर संगीतप्रेमीहरुका लागि प्रेमिल शैलीका म्युजिक भिडि’योहरु नेपाली संगीत बजारमा आउने क्रम जारी छ । यसै क्रममा अमेरिकामा रहेर आफ्नो संगीत यात्रालाई अघि बढाइ’रहेका युवा गायक प्रविन राजथलाले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वज’निक गरेका छन् ।

विदेशमा रहेर स्वदे’शमा रहेकी आफ्नी प्रियशीलाई समर्पित गर्दै लेखिएको यस गीतमा स्वयंम गायक प्रविन राजथ’लाको शब्द, संगीत रहेको छ। यस गीतलाई जोयस गुरुङले संगीत सं’योजन गरेका हुन्।

राजधानीको बसन्त’पुर र अन्य रमणिय ठाउमा छायांकन गरिएको यस भिडियोमा एलिश राई र गीता ढुंगाना बीचको प्रेम अन’स्क्रिन प्रेम र रोमान्स प्रस्तु’त गरिएको छ ।

भुपेन्द्र तुम्बाहाम्फेले छायां’कन गरेको यस भिडियोलाई अर्जुन खड्काले सम्पा’दन गरेका हुन् । एलिजा महर्जन निर्मात्री रहेको यस भिडियोलाई सत्यराज चौलागाईको निर्देशनमा तयार पारिएको हो । गायक राजथलाको आधिकारिक च्यानल पीआ’र म्युजिक मार्फत भिडियो सार्व’जनिक भएको हो । – न्यूज24बाट

प्रतिकृया दिनुहोस्