सभामुख अग्नि सापकोटाले ३ सय ४८ बिघा सरकारी जग्गा व्यक्तिको नाममा गराएको तथ्य बाहि’रियो

सभामुख अग्नि सापकोटाले धरा’नको ३ सय ४८ विघा सरकारी जग्गा व्यक्तिको नाउँमा गरा’इएको तथ्य बाहिरीएको छ । सुनसरीको धरानस्थित सर्दु जलाधार क्षेत्रको ३ सय ४८ बिघा सरकारी जग्गा सापकोटा वन’मन्त्री भएको बेला व्यक्तिको नाममा गराएको तथ्य बाहि’रीएको हो ।

बालुवाटारस्थित ललिता निवासको स’रकारी जग्गा व्यक्तिको नाममा पारिएको प्र’माणसहित खुलासा गर्नुहुने अधिवक्ता युवराज कोइरालाले त्यस्तै प्रकृतिको घ’टना घ’टाएको खुलासा गर्नुभएको हो ।

काठमाडौंमा आयोजिक एक कार्यक्रममा अधिवक्ता कोइरालाले सुनसरीको धरानस्थित सर्दु जलाधार क्षेत्रको ३ सय ४८’ बिघा सरकारी जग्गा सापकोटा वन’मन्त्री भएको बेला व्यक्तिको नाममा गराएपनि अख्तियारले सापकोटामाथि मुद्दा चलाउन खु’ट्टा कमाइरहेको बताउनुभयो ।

कोइरालाले भन्नुभयो, ‘तत्का’लीन सचिवले सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा दाखा गर्नुपर्छ भनेर राय दिएका थिए । तर, मन्त्री सापकोटाले व्य’क्तिको नाममा गर्नू भनेर तोक लगाउनुभयो । आज ती व्यक्तिले दुईतिरको जग्गा भोग’चलन गरिरहेका छन् । उच्चस्तरीय समितिले सो निर्णय भ्रष्टाचार हो भनेर मुद्दा चलाउन सिफारिस गरेपनि अख्तियारले खुट्टा कमाइरहेको छ ।’

सरकारी, सार्व’जनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले देशभरका सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिन आयोजित हस्ताक्षर का’र्यक्रममा कोइरालाले मन्त्रिपरिषदले निर्णय गरेरै उच्चस्त’रीय समितिको सिफारिस अनुसार मुद्दा चलाउन पठाए पनि अख्तियारले फाइल नखो’लेको बताउनुभयो ।

ललिता निवास, बालुवाटारलगायतका सरकारी जग्गाजमिन सरकारले आफ्नै मात’हतमा ल्याई भो’गचलन गराउन दबाब दिँदै माघ २३ गतेदेखि हस्ताक्षर अभियान चलाइएको थियो । हस्ताक्षर अ’भियान शुक्रबार शान्तिबाटिकामा कोणसभा गरी स’मापन गरिएको छ ।

समितिले ललिता नि’वास बालुवाटारको सरकारी जग्गा, सुनसरी, धरानस्थित सर्दु जला’धारको ३ सय ४८ बिघा जग्गा नेपाल सरकारको नाममा कायम गरी सो जग्गा अपचलन गर्नेउपर का’रबाहीको माग गरेको छ ।

त्यस्तै धोबीखोला बगेको सा’बिक नगर २५ (क) कित्ता नम्बर ५०५ को ज’ग्गामा मोही लाग्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने तत्का&लीन प्रधानमन्त्रीउपर कारबाही गरी सो जग्गा सर’कारको नाममा दर्ता गर्न माग गरेको छ । साभार चक्रपथ डटकम

प्रतिकृया दिनुहोस्