सत्यमोहन जोशी दम्पतीले मृ’त्युपछि शरीर दान दिने गरे घोषणा (भिडियाे सहित)

संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीले मरणो’परान्त शरीर दानको घोषणा गर्नुभएको छ । नइ प्रकाशनले आयोजना गरेको का’र्यक्रममा उहाँहरुले चिकित्सा विज्ञानको प्रयोगा’त्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घो’षणा गरी ग्वार्काेस्थित किष्ट मेडिकल कलेजलाई अर्पण गरिने बताउनुभयो ।

जोशीले चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना दीर्घ जीवनका साथै शरीरका विभिन्न अ’ङ्गका अध्ययन गर्ने अवसर पाउन भनी दान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “‘म चाहान्छु, यती लामो उमेर’सम्म कसरी र के कारणले मेरो शरीर स्वस्थ्य रह्यो भन्ने कुराको अनुस’न्धान होस् ।” हरेक मानिसले दीर्घ जीवन पाउन पीर, चिन्ता, शोकरहित भएर सधै आ–आफ्ना कर्ममा लाग्नुपर्ने उहाँले सु’झाव दिनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीको शरीरबारे अध्य’यन गरी पाएको उपलब्धीलाई मुलुकवासीले पक्कै म’नन् गरी अघि बढ्ने विश्वास लिइएको भनाइ राख्नुभयो । प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसार्इंले जोशीमा महानता, सरलता र दु’रदर्शी भावना रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “मेडिकल कले’जलाई लेखिएको मञ्जुरी पत्रमा १०१ वर्षीय शताब्दी पुरुष जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीको हस्ता’क्षर रहनाका साथै उहाँहरुका छोरा अनुराज जो’शीसमेतको सहमतिको हस्ताक्षर गरिएको छ ।” – इ ताजा खबर बाट

प्रतिकृया दिनुहोस्