रातो–कलेजी जस्ता र मधुर सेतो रङले पो’तिएको भित्तामा कलेजी घेराले घरको सु’न्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउ’सम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्या’डीस्थित माझी बस्तीमा ५३ घर छ ।
भूकम्पले तहस’नहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ । टाढैबाट सुन्दर देखिने बस्तीको चम’क नै बैग्लै बनेको छ । तर त्यहाँ भित्र पुगिसके पछिको अवस्था भन्दा हामीले कल्प’ना गरेभन्दा फरक छ ।अभिनेत्री श्वेता खड्काको श्वेता श्री फोउण्डेशनको पहलमा निर्माण गरिएको भनिएको यो माझी बस्ती अहिले च’र्चामा छ ।
श्वेताले केही दिन अघि एक स्टा’टस लेखेर माझी बस्ती ऋणमा रहेको र सहयोग दिन्छु भनेर बाचा गरेकाहरुले नै नदिएको भनेपछि अहिले माझी बस्तीका बारेमा सो’धीखोजी हुन थालेको छ । श्वेताले अहिले माझी वस्ती निर्मा’णवाट हात झिकेको पनि बताइएको छ । टाढावाट चिटि’क्क देखिने माझी बस्तीमा बस्नेहरुको पी डा भने हामीले सोचे भन्दा बि’ल्कुल फरक रहेछ ।
श्वेताले निर्माण गरेको भनिएको बस्तीमा रहेका माझीहरुको बुझाई र भो’गाई पनि फरक छ । उनीहरु आफैले बस्ती बनाएको र त्यसको जस भने अरुले लिए’को बताउँछन् । दैनिक ज्याला गरेर खानुपर्नेहरुको टाउकोमा ऋ’णको किस्ता तिर्नुपर्ने बाध्यता छ भने अर्को तिर अत्यावश्यक सा’मान राख्न पनि नमिल्ने सानो ठाउँ रहेको गुनासो उनीहरुको छ । – इताजा खबरबाट