यि नेपाली कृषक जसलाई अकबरे खुर्सानीले बनायो करोडपति(भिडियो सहित)

ईलामको सुर्योदय नगरपालिका–१२ आठघरेका मदन राई लामो समयदेखि कृषि पे’सामा छन् । उनले ठूलो क्षेत्रफलमा व्यव’सायिक रुपमा अकबरे खुर्सानी खेती गरेर मनग्य आम्दा’नी पनि गर्दै आएका छन् । वर्षको झण्डै १० लाख रुपैयाँको अकबरे खुर्सानी बिक्री गर्ने उनले यसैको मुना’फाले डेढ करोड मूल्य बराबरको ३० रोपनी जग्गा स’मेत जोडे ।

यो भिडिओमा उनले हामीसँग आफ्नो अनुभ’व बाँडेका छन् । अकबरे खुर्सा’नी खेती कसरी गर्ने ? यसको बजार कस्तो छ ? यो कस्तो ठाउँमा हुन्छ ? मुनाफा कति हुन्छ ? लगायतका प्रश्नह’रुमा उनले खुलेर जवाफ दिएका छन् । कृपया भिडिओ अन्त’र्वार्ता पूरै हेर्नुहोला । – ओएस नेपालबाट
भिडियो हेर्नुहोस्

यो पनि पढ्नुहोस्
‘पशुपतिमा सुनको जल’हरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत’
वाग्म’ती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको बताउ’नुभएको छ । नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन कार्यक्रममा उहाँले यसअघि प्राचीन स्मारक संरक्षण ऐन बन्नुअघि नै राजा रणबहादुर शाहका पा’लामा शिवलिङ्गमुनि चाँदीको जलहरी राखिएको बताउनुभयो । पशुपतिनाथमा रहेका चाँदीको खराउ’समेत सुनको बनाइएको छ ।

“ऐन उल्ल’ङ्घन गरी सुनको जलहरी राखेमा रु पाँच हजारदेखि रु एक लाखसम्म जरिवाना र पाँच वर्षस’म्म कैद हुनसक्ने व्यवस्था छ, प्राचीन स्मारक संरक्षण्ण ऐन, २०१३ को दफा १२ को खण्ड (ग) मा यस्तो व्यवस्था गरिएको छ”, पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्षसमेत रहनुभएका प्रदेश’सभा सदस्य वैद्यले भन्नुभयो ।

सम्पदा मास्न सुनको जल’हरी राख्ने हठ कायमै राखे आफू अनशन बस्नेसमेत उहाँको भनाइ थियो । सम्पदा संरक्षण अभि’यानमा लाग्नुभएका कानून व्यवसायी सञ्जय अधिकारीले प्राचीन स्मारक संरक्षण ऐनको दफा २ मा सम्पदा’लाई मौलिकरूपमा दुरुस्त राख्नुपर्ने व्यवस्था भएकाले सुनको जलहरी राख्न नसकिने बताउनुभयो । सुनको जल’हरी राख्ने काम नरोके आफू रिट निवेदन लिएर सर्वोच्च अदा’लत जाने उहाँको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्