तामाङ समुदायले माघ शुक्ल प्र’तिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज वि’विध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रो’अनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ ।
आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक’ वर्ष माघ शुक्ल प्रति’पदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभा’जन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नाम’बाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहु’ल्यता रहेको वागमती प्रदेशका विभिन्न जि’ल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
यस वर्ष पर्वका अ’वसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आ’योजना गरी मनाउन लागेको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए । कोरोना महा’मारीका कारण यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अप’नाएर ल्होसार मनाइने उनले बताए।
बौद्ध क्षेत्रमा आज सांस्कृ’तिक झाँकीसहित बाजागाजाको र्याली निकालिने छ । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फ’बाट कार्यक्रम गरिने जनाइएको छ । यसैगरी राज’धानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइने जनाइएको छ । यसैगरी देशका अन्य भागमा पनि ल्हो’सार मनाइने तयारी भइरहेको छ । – खबरहबबाट