भारतीय आयल निग’मले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदा’थमा मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्या’सको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥’याएको छ ।
निगमले आज वि’ज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्य अनु’सार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले हवाई इन्ध’नको मूल्य भने यथावत का’यम राखेको छ । – न्यूज24 बाट
यो पनि पढ्नुहोस्
पर्यटकीय नगरी पोखरा र जीतपुर सिम’राबीच सिधा हवाई सेवा सञ्चालन हुनेभएको छ । यति एयरलाइन्सले आगामी चैत १५ गतेदेखि हवाई सेवा सञ्चा’लन गर्ने भएको हो ।गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज आयोजित सरोकारवाला निकायको संयुक्त बैठकले आन्ति’रक एवं भारतीय पर्यटक प्रवद्र्धन गर्ने लक्ष्यका साथ हवाई सेवा सञ्चालन गर्ने नि’र्णय गरेको हो ।
फागु पूर्णिमादेखि सञ्चा’लन गरिने हवाई सेवाअन्तर्गत प्रत्येक हप्ताको आइबार, बुधबार र शुक्रबार उ’डान गरिने र शुरुमा प्रति यात्रु रु चार हजार ५०० को टिकट लाग्ने एयलाइन्सले जनाएकोछ । सो रुटको उडान कूल ३० मिनेटको हुनेछ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वाता’वरणमन्त्री विकास लम्सालले पर्यटनको राजधानी पोखरालाई मुलुकका सातवटै प्रदेशसँग सिधा हवाई सेवासँग जोड्ने अभिया’नअन्तर्गत पोखरा–सिमरा उडान शुरु गर्न लागेको बता’उनुभयो ।
निर्माणा’धीन राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई मध्येनजर गर्दै औद्योगिक शहर विराट’नगरसँग यसअघि नै उडान शुरु गरिएको बताउँदै उहाँले जनकपुरधाम, नेपालगञ्ज र धनगढीजस्ता मुख्य शहरमा हवाई सेवा शुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।कोभिड–१९ को कारण थला परेको पर्यटन व्यवसायको प्रवद्र्धनका साथै आर्थिक गतिवि’धिलाई चलायमान बनाउन हवाई सेवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री लम्सालले यसका लागि सबैको साथ सहयोग आवश्यक रहेको बता’उनुभयो ।
पोखरा महानग’रपालिकाका प्रमुख मानबहादुर जिसीले हवाई सेवा सञ्चालन गर्नु महत्वपूर्ण भएको उल्ले’ख गर्दै यसको दिगोपनका लागि स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनु”भयो । जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलले हवाई सेवा सञ्चालनले तराई र पहाडबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै धार्मिक पर्य’टनमा टेवा पुग्ने धारणा राख्नुभयो । पोखरा विमानस्थलका कार्यालय प्रमुख विक्रमराज गौतमले हवाई सेवामार्पmत आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्ध’नका लागि तीन तहका सरकार र निजी क्षेत्र बीचको समन्वय र सहकार्य आवश्यक हुने बताउनुभयो ।
जीतपुर सिमरा उ’द्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जयकुमार शाह, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, यति एयरलाइन्सका वरिष्ठ निर्दे’शक सरल शम्शेर जबरा, नेपाल उद्योग वाणिज्य म’हासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर को’इराला लगायतले पोखरा सिमरा बीचको हवाई स’म्पर्कले धार्मिक पर्यटनका साथै पहाड र तराई बीचको भावनात्मक एकतालाई अझै प्र’गाढ बनाउनेमा जोड दिनुभयो। ।