राज्य विरुद्धको क’सुर दफा ५८ अनुसार प’क्राउ पुर्जी दिएर नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले प’क्राऊ गरेको छ । उनलाई प’क्राउ गर्न प्रहरीले विहिवार देखि नै सादा पोशाकका प्रहरी वानेश्वर स्थित उनको निवासमा घेरेर बसेका थिए ।
मुलुकी अ’पराध संहिताको दफा ५८ (१) मा कसैले राष्ट्रपति वा व्यवस्थापिका (संसद्) लाई संविधान तथा कानुनबमोजिम गर्नुपर्ने कार्यस’म्पादन गर्नबाट रोक लगाउन वा व’ञ्चित गर्न वा कुनै खास किसिमको ध ‘म्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमको द ‘बाब दिन हुँदैन भन्ने उल्लेख छ। दफा २ मा उपदफा १ को कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा स’त्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुवै स’जाय हुने व्यवस्था छ।
उनलाई महानगरीय प्रहरीले छलफलका लागि बोलाउँदा पनि उनी उपस्थ्ति नभएपछि प्रहरी उनलाई प’क्राउ गर्न निवासमै पुगेको थियो । झाँक्रीलाई पक्राउ गर्न लागेको खबर पाएपछि उनका सम’र्थक पनि झाँक्री निवासमा भेला भएका थिए । उनीहरुले सरकार वि’रुद्ध चर्को नारावाजी गरेका थिए । झाँक्रीले यो राजनीतिक विषय भएकाले प’क्राउ पुर्जी लिएर आउन प्रहरीलाई भनेकी थिइन् ।
उनको माग अनुसार प्रहरीले प’क्राउ पुर्जी दिएर उनलाई प’क्राउ गरेको हो । अनेराश्ववियु नेता आरती लामाले झाँक्रीलाई प्रहरीले दिएको प’क्राउ पुर्जी पढेर सुनाएकी थिइन् । झाँक्री नि’वास अगाडी केही वेर प्रहरी र प्रदर्शनकारीबीच घ’म्सा घ’म्सी भएको थियो । सो क्रममा एक जना घा’इते समेत भएका छन् ।
यसअघि सोधपुछका लागि प्रहरी कहाँ नपुगे प’क्राऊ गर्ने तयारी गरिएको थियो । अप’राध अनुसन्धान महाशाखाले सोधपुछका लागि डा’केकोमा उनी जान मानेकी थिइन् । प्रहरी स्रोतले माथिबाटै आदेश आएकाले झाँक्रीलाई प’क्राउ गरिएको हो ।
राष्ट्रपतिलाई लक्षित गरेर उनले दिएको अभिब्यक्ति वि’वादित बनेको थियो । गोरखामा उनले राष्ट्रपति वि’रुद्ध वि’वादित अभिब्यक्ति दिएकी थिइन् । राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई प’क्राऊ गर्न महिलास’म्वद्ध संघसंस्थाहरुले ज्ञापनपत्र गृहमन्त्री बादललाई समेत बुझाएका थिए । उनलाई प’क्राऊ गर्न सत्तारुढ नेकपाको ओली समूहबाट दबा’ब बढेको थियो । – इताजा खबरबाट