नेकपा (प्रचण्ड- नेपाल) समूहका नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई चु’प लाग्न आग्र’ह गरेका छन्। बुधबार राजधानीमा गरेको शक्ति प्रदर्शन सभामा सम्बो’धनका क्रममा श्रेष्ठले आफूहरूले सभा आयोजना गरेको भन्दै धमलालाई अर्को कार्य’क्रम नगर्न आग्रह गरेका हुन्।
यो पटकको सभामा पनि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ चर्चामा आएका छन् । अघिल्लो पट’कको सभामा पनि मञ्चमै झो’क्किएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो पटक उनले पत्रकार ऋषी धमलालाई मञ्च’वाटै थ’र्काएका छन् ।
उनले भाषण गरिर’हँदा पत्रकार दिर्घामा केही हल्ला हुन्छ । उनले पत्रकार साथीहरु त्यहाँ ह’ल्ला नगर्नुस भन्दै आग्रह गर्छन । तर पनि हल्ला शान्त हुँदैन । उनी अलि उग्र हुँदै पत्रकार साथीहरु तपाईहरु चुप लाग्नु’स् हल्ला नगर्नुस भन्छन् ।
‘पत्रकार साथीहरू हामीले यहाँ सभा गरिरहेका छौं। त्यसैले तपाईंहरू चुप लाग्नुस। सुन्नुभो? धमलाजी तपाई अर्को कार्य’क्रम नगर्नुस्। चुप लाग्नुस्’, श्रेष्ठले भने’ ‘धमलाजीले राम्रै काम ग’रिरहनु भएको थियो। जनसमुदायको अन्तर्वार्ता लि’इरहनु भएको थियो। तर, यो काम पछि गर्नुहोला।’
आजको आम’सभामा ऋषि धमला लाई नारायण काजी श्रेष्ठले गरेको अपमान पछि धमला भावु’क बनेका छन् । नारायण काजी श्रेष्ठ ले मंच बाटै ऋषि धमला चुप लाग्नु’स् र कार्यक्रम रोक्नुस भन्दै कराए पछि धमला ले भा’वुक हुदै भने, “मेरो क्रेज देखेर नेताहरु डराएर मलाई कराएको हो तर म चुप लाग्दिन । म भनेको जनताको लागि बोल्ने हो र बोलि रहन्छु ।” ऋषि धमला अन्तर्वार्ता को क्रम मा भा’वुक समेत भएका छन् र आँखा भरि आशु समेत पारेका छन् । – इताजा खबरबाट
भिडियो हे’र्नुहोस्