भागरथीको नि’यति पनि मेरी छोरीको जस्तो नहोस्: निर्मलाकी आमा दुर्गादेवी पन्त

मुलुकमा महिलामाथिको हिं’साको घ’टना बढ्दा र कुनै छोरी चेली बला’त्कारको हुँदा आम नेपालीले पहिला लिने नाम बनेको छ– निर्मला पन्त । दुई बर्ष वित्यो कञ्चनपुरकी यि किशोरीको परिवारले न ‘न्याय पाउन सक्यो नत निर्मलाको आ’त्माले पनि शान्ति पाउन सक्यो । त्यसमाथि बैतडीकी भागरथी भट्टमाथि पनि उही निय’ति दोहोरिने हो कि भन्ने शंका उब्जेको छ निर्मलाको आमा दुर्गादेवी पन्तमाथि पनि ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षीया बालिका निर्मला पन्तको ह’त्या प्रकरणको २ वर्ष बितिसक्दा पनि अझै टुगों लाग्न सकेको छैन । निर्मला प्रकरणको टुगों नलाग्दै बैतडीमा गत बुधबार विद्यालयबाट घर फर्कने क्रममा बे’पत्ता भएकी १७ बर्षीया भागरथी भट्ट बिहीबार साँझ सामुदायिक वनमा मृ’त अवस्थाका फेला परिन ।

ह’त्या गरेर फालेको अवस्थामा फेला परेकी बैतडीकी भागरथीको अ’पराधि ५ दिन बितिसक्दा समेत पत्ता लाग्न सकेको छैन । निर्मला प्रकरणको २ वर्ष बितिसक्दा समेत ह’त्या रा पत्ता नलागे पछि भागरथी हत्याकाण्ड पनि निर्मला प्रक’रण जस्तै नहोस भन्छिन्, निर्मलाकी आमा दुर्गा देवीपन्त ।

अब निर्मला छोरीको ह’त्यारा पत्ता लाग्छ भन्ने आश नरहेको र आफुले एउटा छोरी गु’माउनुको पीर हुँदाहुँदै बैतडीमा एउटी अर्की आमाले पनि निर्मला जस्तै छोरी गुमाएको देख्दा आफ्नै छोरीको सम्झना आएको निर्मलाकी आमाले बताइन ।

एउटी छोरी गुमाएको पी’डा आमाले त भोग्नु परेको नै छ तर छोरीको ह’त्यारा पत्ता नलाग्दा झन पीडाले पि’रोली राख्ने हुँदा छिट्टै नै भागरथीको ह’त्यारा पत्ता लगाइ दिन दुर्गादेवी पन्तको आग्रह पनि छ । यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला प्र’करण कञ्चनपुर प्रहरीकोे प्राथमिकतामा परेको घ’टना रहेको र तथ्य प्र’माण जुटाउनमा प्रहरी गम्भी’र रुपमा अनुस’न्धान गरी राखेको बताए ।

उनले केहि शं’कास्पद व्यक्तिहरु आफ्नो निग’रानी रहेको र उनीहरु घ’टनास्थलमा भएको पृष्टि हुने आधारहरु खोजी भइरहेको जानकारी पनि दिए । भागरथीको घ’टना पनि निर्मलाको नि’यतिमा नपुगोस् भन्दै आवाज उठन थालेपछि कञ्चनपुर प्रहरीमाथि दबा’ब बढेको म’हसुस पनि गरिएको छ । – न्यूज24बाट

प्रतिकृया दिनुहोस्