हाम्रो शरीरको कुनै भाग’मा सानो चोट लाग्दा पनि दु’खाइ महशुस गछौं । तर नङ र कपाल काट्दा भने कहिले पनि दुख्दैन ।
एकछि’न सोचौं त शरीरको अन्य भाग’मा चोट लाग्दा दुख्ने तर नङ र कपाल काट्दा किन न’दुखेको होला । एकैछिन सोच्ने हो भने हामीलाई अनौठौ महशुस हुन्छ ।
शरीरवि’ज्ञानको दृष्टिकोण’ले नङ र कपालमृत कोशिकाबाट हुने भएकाले त्यसलाई काट्दा हामीला’ई नदुखेको हो । कपाल पूरै मृत कोशि’काबाट बनेको हुन्छ भने नङ पुरै मृत कोशिकाबाट बनेको हुँदैन ।
नङ काट्दा ख्याल गर्नुभ’एको नै होला, बढेको नङ काट्दा मात्रै हामीलाई दुख्दैन । तर छाला’सँग टाँसिएको नङ भाँचियो वा चोट लाग्यो भने हामी पिडा महशुस गछौं ।
यसको अर्थ औ’लाको टुप्पोमा छालासँग नटाँसिएको अर्थात बढेको नङ मात्रै मृत कोशि’काबाट बनेको हुन्छ । जुन नङ काट्दा हामीलाई दुख्दैन । तर छालासँग जोडिएका नङ जीवित कोशि’काबाट बनेको हुनाले त्यसमा चोट लाग्दा हामीला’ई दुख्छ ।