प्रेम दिवसलाई १ करोड रुपैयाँको गुलाफको माग, ६० लाखको आ’यत

प्रेम दिवस (प्रणय दिवस) फेब्रअरी १४ आउन ४ दिन बाँकी छ । यस दिन प्रेमी जो’डीहरुले एक–अर्कालाई फूल, कार्ड र उपहार स्वरुप विभिन्न सामानहरु आद’नप्रदान गर्ने चलन छ । सोही अव’सरमा यस दिन करोडौं रुपैयाँको गुलाफको फूलको का’रोवार समेत हुने गरेको छ । यस वर्षको पे्रम दिवसमा अ’नुमानित १ लाख २० हजार स्टिम गुलाफको फूलको माग रहेको फ्लोरिकल्चर एशोसियसन अफ नेपाल (फ्यान) ले ज’नाएको छ ।

एशोसियसनका अध्यक्ष कुमार कस’जुका अनुसार माग हुने गुलाफमा डच रोज तथा क’लकत्ते लोकल रोज रहेका छन् । ‘यो नेपालभरीको अनुमा’नित बजार माग हो, काठमाडौँ उपत्यकामा मात्र करिब ७२ हजार स्टिम गुलाफ खप’त हुने र बाँकी ४८ हजार स्टिम गुलाफ काठमाडौँ भ्याली बाहिरको शहरहरुमा ख’पत हुन्छ’ उनले भने ।

८० प्र’तिशत आयात
नेपालमा मागअनुसार गुलाफको उत्पा’दन हुन सकेको छैन । अन्य स–साना कार्यक्रम र सजावटका लागि नेपालकै उत्पा’दनले धाने पनि प्रेम दिवसका लागि भने हरेका वर्ष गुलाफको आ’यात बढ्दै गइरहेको छ ।

‘बजारको मागअनुसार २० प्रतिशत अर्थात् २४ हजार स्टिम मात्र आन्तरिक उत्पा’दनबाट र ८० प्रतिशत अर्थात् ९६ हजार स्टिम गुलाफको फूल आयात गर्नुपर्नेछ’ कसजुले खबर’हबसँग भने । साथै फेब्रुअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकुल मौसम अर्थात जाडो सिजन हुने भएकाले यहाँका गुलाफको आन्तरिक उत्पादनमा कमी आएकाले आयात वर्षेनी बढेको उनले बताए ।

फूलको गुण’स्तरअनुसार प्रति स्टिमको ६० देखि सय रुपैयाँसम्म मुल्य हुने उनले बताए । यसवर्षको प्रेम दिवसमा एकदेखि सवाँ करोडसम्मको फूलको कारोवार हुने फ्यानको अनु’मान छ । गत वर्ष १ लाख २० हजार स्टिम गुलाफको फूल आयात भएको थियो भने यो वर्ष २४ हजार स्टिम घटेको छ । गत वर्ष प्रति स्टिम रु ८० देखि सय को हारा’हारीमा २ लाख स्टिम गुलाफको का’रोवार भएको थियो ।

नेपालमा चाडपर्व बाहेकको सा’मान्य दिनमा प्रति दिन सरदर ८ हजार स्टिम गुला’फको माग रहने गरेको छ भने ८० प्रतिशत आन्तरिक उत्पादनबाट र बाँकी २० प्रतिशत अन्य देशहरुबाट आयात हुने् गरेको छ । यद्यपी यस वर्षभने कोभिड १९ का कारणले उ’त्पादन तथा बजार मागमा ४० प्रति’शतले कमी आएको छ । कोरोनका कारण देश लकडाउन भएसँगै थला परेको पुष्प क्षेत्रमा व्यव’सायीले प्रशस्त फूल फूलाउन सकेनन् ।

बजार चला’यमान नभएको खण्डमा फूल फ्ँयाक्नु पर्ने स्थिति आउला भन्ने डर व्यवसायीमा अझैं कायमै छ । नेपालमा गु’लाफ फूलको व्यावसायीक खेती मुख्य गरी काठमाडौँ उपत्यका भित्रको तीन जिल्ला, चितवन, काभ्रेपला’ञ्चोेक रहेको छ भने अन्य जिल्लाहरुमा पनि गुलाफ फूलको व्याव’सायीक खेती विस्तार हुने क्रममा रहेको छ । – खबर हब बाट

प्रतिकृया दिनुहोस्