रमेश प्रसाईको स्वरमा रहेको ‘अरबको खाडीमा’ बाेलकाे गीत सार्वजनिक (भिडियाे सहित)

रोजगारीको सिल’सिलामा विदेश उडेको युवाको कथा र पूर्वेली भाका समेटिएको ‘अरबको खाडी’बोलको गीत सा’र्वजनिक भएको छ । प्रेम चौलागाईको शव्द, चर्चित गायिका मिलन नेवार र रमेश प्रसाईको स्वरमा रहेको गीतलाई चर्चित संगीतकार राज’नराज शिवाकोटीले संगीत भरेका छन् ।

‘गीतमा नेपाली भुगोल, माटो, प्रेम र नेपाली युवाको दर्द उतार्ने प्रयास गरेको छु,’गीतकार चौला’गाई भन्छन्,‘वास्तवमा नेपाली युवाहरुलाई आफ्नो माटो छाडेर विदेश उड्दा पनि प्रेमले शक्ति र उर्जा दिन सकोस भन्ने सन्देश दिने प्र’यास गीतले गरेको छ ।’प्रेम आदित्य च्या’नलबाट सार्वजनिक भएको गीतको भिडियो निर्दे’शक राजेश पुमा राईले गरेका छन ।

म्युजिक भिडियोमा मो’डेल योगेन्द्र राई र सेसुका राईले अभिनय गरेका छन् । भिडियो रिलिज भएको छोटो समयमै २ लाखभन्दा बढीले हेरका छन् । उक्त गीतमा टिक’टक बनाएर सबैभन्दा बढी भ्यूज बटुल्ने संगीतप्रेमीलाई भ्यूज र ड्रेसअपको मूल्याकंन गरी गीतकार चौलागाईले पुरस्कारको ब्य’वस्था गरेका छन् ।

प्रथम, दोस्रो र तेस्रो हु’नेलाई क्रमशः १५ हजार, १० हजार र सात हजार नगद पुरस्कारको ब्यव’स्था गरिएको छ । टिकटिकमा गीत बनाएको ३५ दिनमा पुरस्का’र हात पर्नेछ । गायिका मिलन नेवार र संगीतकार राजनराज शिवाकोटीले पुरस्कार हस्ता’न्तरण गर्नेछन् । साथै उत्कृष्टलाई अर्को गीतको भिडियोमा मुख्य अभिनय’को अवसर प्रदान गरिने छ । – न्यूज24बाट

प्रतिकृया दिनुहोस्