जनतालाई माया गर्ने सरकार छ, ढु’क्क हुनुहोस् : प्रधानमन्त्री ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली स’मूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली’ले देश बनाउने, स्वाधीनताको रक्षा गर्ने, भौगोलिक अख’ण्डताको रक्षा गर्ने आफ्नो पार्टी नै आधिकारिक पार्टी भएको दाबी गर्नुभएको छ । शुक्रबार (आज) नारायणहिटी दरबारअगाडि नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई स’म्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले भ’न्नुभयो, ‘देश बनाउने पार्टी, स्वाधी’नताको रक्षा गर्ने पार्टी, देशको भौगोलिक अखण्ड’ताको रक्षा गर्ने यो पार्टी नै मुल पार्टी हो । आजबाट कुन पार्टी मुल पार्टी हो, भन्ने कुराको टुंगो लाग्यो । फैसला भयो ।’यसैबीच उहाँले हिजो दाहाल–नेपाल समूहले गरेको आमह’ड्तालमा धेरै किशा’नहरुको तरकारी बाटोमा फ्याँकिएको बताउदै उक्त फ्याँकिएको किशानहरुको तरकारीको क्षति’पूर्ति सरकारले व्यहोर्ने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो नेपाल बन्द गर्दा किसानको तरकारी फ्याँकियो । एउटा ट्याक्सी ड्राइभरलाई जुक्या’एर ट्याक्सी नै जलाइयो । धन्न ड्राइभर बाँचेछ । त्यो गरीबको नोक्सानी गरेको क्षतिपूर्ति सरकारले व्यहोर्छ । ट्याक्सीको क्षति’पूर्ति दिन्छौं । जनतालाई माया गर्ने सरकार छ । त्यस कारण जनता ढुक्क हुनुस् ।’उहाँले थप भन्नुभयो, ‘आज यहाँ आउन नदिनका लागि हिजो ने’पाल बन्द गरियो ।

आज बाटामा खाल्टा’हरु खनिए । कतिपय बाटामा बम पनि राखिए ।’
त्यस्तै, उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय आकांक्षालाई साकार पार्न चाहेको बताउँदै भन्नुभयो, ‘यस तीन वर्षमा मात्रै ६ हजार किलोमिटर ४ लेन, ६ लेन सडकहरु पिच गरेका छौं, खनेका छौं । विभिन्न विद्यूत आयेज’नाहरु सफल बनाएका छौं ।’

त्यस्तै, उहाँले पूर्वाधा’रहरुको विकाससँगै कृृषि आधुनिकीकरणको लागि लागिपरेको बताउनुभयो । साथै, अहिलेको समयमा सडक बालबालिकाहरु नरहेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘अभिभावक नभएका बालबा’लिकाहरुको लागि सरकार अभिभावक छ । बेसहा’राहरुको साहारा सरकार छ ।’

यसैबीच उहाँले पूर्व प्रधान’मन्त्रीसमेत रहेका दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपा’ललाई इंगित गर्दै भन्नुभयो, ‘कोही–कोही पूर्वप्रधानमन्त्रीहरु अरुले पकाएको दाल–भात बाँड्न लागे । बाँडेको फोटो खिचेर फेस’बुकमा हाले । बरु बिकासको काम’मा लाग्नु नि !’- न्यूज24 बाट

प्रतिकृया दिनुहोस्