बुवाले खुदो बे’चेर पढाएका ६ छोराहरु: २ भाई सिडियो ४ भाइ हाकिम

गुल्मीको विक बलेटक्सार गाविस–८ (हाल रुरु गाउँपालिका–४) ठानीडाँडाका बुद्धि’प्रसाद पन्थ (८४) को उच्च शिक्षा अध्ययन गर्ने ठूलो इच्छा थियो । पारिवारिक कारण र आर्थिक अव’स्थाले गर्दा उनले त्यो बेला सामान्य लेखपढ गर्न जान्ने’बाहेक माथिल्लो तहसम्म पढ्न पाएनन् ।
आफ्नो इच्छा र चा’हना हुँदाहुँदै पनि अध्ययन गर्न नपाए पनि छोराहरूलाई भने दुःख गरेर पनि उच्च शिक्षा पढा’उने पन्थको अठोट थियो ।

त्यो सम’यमा पन्थको परिवार निम्नमध्यम वर्गीय थियो । पन्थका ६ छोरा छन् । गुल्मीको बले’टक्सार, रिडी र थोर्गा खुदोका लागि प्रख्यात ठाउँ हो । साविक पश्चिमाञ्चल क्षेत्र (हाल प्रदेश ५) गुल्र्मीको थोर्गाको खुदो भनेपछि सबै हुरुक्क हुन्छन् । पन्थको परिवारले पनि उखु खेती गर्थ्यो । उनले उखु ल’गायत अन्य कृषि पेशामा दुःख गरेरै भए पनि ६ छोरोलाई उच्च शिक्षासम्म पढाए । छोराहरू सबै पढाइमा अब्ब’ल भएर निस्किए ।

सबै भाइहरूले आ’दर्श मावि दिगाम–७ मा अध्ययन गरे । शुरूमा त्यो विद्यालय निम्न माध्यमिक तहसम्म थियो । ६ भाइमध्ये जेठा यदुु’लाल पन्थ र माहिला छोरा कृष्णप्रसाद पन्थले रिडीस्थित विद्यालयबाट एसएलसी उत्तीर्ण गरे भने अन्य सबै भाइले आदर्श माविबाटै एसएलसी राम्रो अंकका साथ उत्तीर्ण गरे । पन्थको सप’नासँगै सबै भाइ पढाइ सकेर सरकारी सेवाको उच्च पदमा पुगेका छन् । सबै भाइले उच्च शिक्षा काठमाडौंमा अध्ययन गरी स’रकारी सेवा प्रवेश गर्ने निजामती सेवाको तयारी पनि गरे । सरकारी सेवा’मा नाम पनि निकाले ।

जब ६ भाइमध्ये जेठा सर’कारी सेवामा प्रवेश गरे, त्यसपछि सबै भाइ’लाई सरकारी सेवामा प्रवेश गर्ने लोभ पलायो । सबै भाइको उमेर २–२ वर्ष मात्र फरक छ । त्यहीँ अनुसार निरन्तर मेहनतका साथ अध्ययन गरेर सबै भाइ सरकारी सेवामा मा’थिल्लो तहसम्म पुग्न सफल भए । सबै भाइ सरकारी सेवामा खुला प्रतिस्प’र्धाबाट नाम निकालेर उच्च पदमा पुगेका हुन् । सम्भवतः नेपालमा यस्तो परिवार कमै होला । ६ भाइ कुन–कुन से’वाको कुन पदमा पुगे त ?

जेठा : यदुलाल पन्थ (क्याम्पस प्रमुख रामापुर, रूपन्देही)
यदुलाल पन्थ अहिले रूपन्देहीको सैनामैनास्थित सामुदा’यिक शहीद नारायण पोख’रेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख छन् । उनी ३० को दशकमा सरकारी शिक्षक थिए । २८ वर्ष सरकारी शिक्षण पेशापछि यदुलालले राजीनामा गरी क्या’म्पस प्रमुख बनेर अहिले शिक्षा क्षेत्रमै कार्यरत छन् । उनी अहिले ९०० विद्यार्थी अध्ययनरत क’लेजका प्रमुख छन् ।

माइला : कृष्णप्रसाद पन्थ (प्रमुख जिल्ला अधिकारी, प्युठान)
बुद्धिप्रसादका माइला छोरा हुन् कृष्णप्रसाद । जब यदुलालले शिक्षक सेवा’बाट सरकारी सेवामा प्रवेश गरे, कृष्णप्रसादलाई पनि सरकारी जागिर खाने हुटहुटी चल्यो । उनले नेपाल ‘ल’ क्याम्पसबाट स्नात’कोत्तर गरेका छन् । कृष्णप्रसादले २०४२ सालमा मुखियाबाट निजामती सेवामा प्रवेश गरेका हुन् । त्यसप&छि खरिदार, वाणिज्य बैंकमा नायव सुब्बा, शाखा अधिकृत, हुँदै उपसचिव बने । उनी पाल्पा हुँदै अहिले प्युठान जिल्लाको प्रमुख जिल्ला अधिकारी छन् । उनी सहसचिवको तया’रीमा छन् ।

साइला : माहादेव पन्थ (प्रमुख जिल्ला अधिकारी, रूपन्देही)
माहादेवले व्यवस्था’पन संकायबाट स्नातकोत्तर गरेका छन् । उनी २०४४ सालमा मुखियाबाट निजामती सेवामा प्र’वेश गरेका हुन् । उनले पनि काठमाडौंबाटै नाम नि’काले । त्यसपछि उनी सलेप (सहायक लेखापाल), नायव सुब्बा, अधिकृत, उपसचिव हुँदै अहिले सहसचिव छन् । काठमाडौंबाट नाम निकाले पनि उनले सर’कारी सेवा भने काभ्रेबाट शुरू गरे । काभ्रेपछि पाल्पा, प्युठान, रुकुम, जुम्ला, बाग्लुङ, रोल्पा, धनकुटा, कैलाली, तनहुँ, नवलपरासी, सुर्खेत, काठमाडौं हुँदै अहिले रुपन्देहीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रुपमा कार्यरत छन् । कार्यरत जिल्लामध्ये माहादेव ९ जिल्लामा प्रमुख जिल्ला अधिकारी भए । माहादेव अब सचिवमा बढुवा’को तयारीमा छन् ।

काइला : रविलाल पन्थ (आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश ५ बुटवलको सचिव)
रविलालले अर्थ’शास्त्र र राजनीतिशास्त्रमा एमए गरेका छन् । उनी २०६२ जनप्रशासन एनपीएको गोल्डमेडलिस्ट स’मेत हुन् । उनले २०५३ सालदेखि राष्ट्र बैंकको खरिदार सरह सहायक द्वितीयबाट सेवा शुरू गरेका हुन् । त्यसको ३ वर्षपछि रविलालले २०५७ सालमा शाखा अधिकृतमा नाम निका’ल्न सफल भए ।

अधिकृ’तमा नाम निकालेपछि उनको पहिलो पदस्थापन जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको प्रमुखको रुपमा भयो । त्यसपछि वन मन्त्रालय, त्यसपछि लोकसेवा आयोग क्षेत्रीय निर्दे’शालयन कास्की पोखराको प्रमुख भए । फेरि लो’कसेवा आयोगको कार्यालय काठमाडौं आए । त्यसपछि उनी दाङ, महोत्तरी, सुनसरी, बाँके गरी ४ जिल्लाको प्रमुख जि’ल्ला अधिकारी भए ।

त्यसपछि अख्ति’यार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत, बुटवल हुँदै अख्तियार टंगाल काठमाडौंमा पनि काम गरे । अख्तिया’रपछि उनी सामाजिक विकास मन्त्रालय प्रदेश १ मा दुई महिना काम गरेपछि अहिले प्रदेश ५ को आन्तरिक मा’मिला तथा कानून मन्त्रालयमा सचिवको रुपमा कार्यरत छन् । २०६३ सालमा उपसचिव हुँदै २०६९ सालदेखि हालसम्म सहसचिव छन् । अब उनी सचिवको तया’रीमा छन् ।

ठाइँला : विष्णुप्रसाद पन्थ (नेपाल टेलिकमको अधिकृत काठमाडौं)
विष्णुले पनि अर्थशा’स्त्रमा एमए गरेका छन् । उनी पनि खरिदार तहबाट २०४८ सालमा सरकारी दूरसञ्चार क्षेत्र नेपाल टेलिकमको सेवामा प्रवेश गरेका हुन् । खरिदार हुँदै अहिले उनी अधि’कृत तहमा काठमाडौंस्थित टेलिकममा का’र्यरत छन् ।

कान्छा : डा. नुरापति पन्थ (टीयूको भौतिकशास्त्र सहप्राध्यापक, सहसचिव सरह)
नुरापति विज्ञान विष&यका विद्यार्थी हुन् । उनले २०६४ सालमा प्राध्यापकमा खुला प्रतिस्पर्धाबाट नाम निकालेर त्रिभु’वन विश्वविद्यालयमा प्रवेश गरेका हुन् । त्यसअघि उनले काठमाडौंका विभिन्न निजी कलेजमा प्राध्या’पन गर्थे । उनी टीयूको भौतिक शास्त्रतर्फको सहप्राध्यापक सहसचिव सरहको पदमा रहेर कार्यरत छन् । उनले इटा’लीबाट पीएचडी समेत गरेका छन् ।

निरन्त’रको अध्ययनले सबै भाइलाई सफलता
रवि भन्छन्, धेरै ठाउँमा बस्दा खर्च धेरै हुने भएपछि हामी सबै काठमाडौंमा बसे’र पढियो । २ वटा खाटलाई जोडेर ४ भाइले घुडा धसेर पढियो ।’ उनीहरूले ६ महिनालाई पुग्ने चामल र दाल घरबाटै लैजान्थे । बुद्धिप्रसादले छोराहरूलाई पठाउने खाद्यान्न पाल्पाको तानसेनसम्म बलेटक्सारबाट भरि’या नै लगाएर ल्याउँथे र पाल्पाबाट काठमाडौं गाडी’मा पठाइदिन्थे ।

निरन्त’रको अध्ययन, विषयवस्तुको ज्ञान र प्रतिस्पर्धालाई ध्यान दिएर अध्ययन गरेमा लोक सेवा उत्तीर्ण गर्न सकिने मन्त्रालयका सचिव रविलाल बताउँछन् । सबै भाइले निजी क्षेत्रको जागिरका लागि इच्छा पनि गरेनन्, भनसुनतर्फ पनि लागेनन् । निरन्तर अध्ययन गरेपछि सबै भाइ सफल भए । ‘लोक सेवा आयोगको परीक्षा दिनुभन्दा अघि मेहनत गरेर अगाडि बढे भने सफल भइन्छ भन्ने विश्वास र भरो’सा हुनैपर्छ । लोकसेवा आयोग’मार्फत् हुने सम्पूर्ण जाँचहरू निष्पक्ष हुन्छन्,’ रविलालले भने । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्