भोलिको नेकपाको आमहड्तालमा के-के बन्द रहने र के चल्ने हेर्नुहोस्

प्रचण्ड–नेपाल समू’हले भोलि (बिहीबार) देशव्यापी आमहड्तालको कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार प्रतिनिघि सभा विघ’टन विरुद्ध संघर्ष समितिले पार्टी केन्द्रीय कार्या’लय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको हो।‘हामी सरकारको कदमविरुद्ध बाध्य भएर आमहड्तालजस्तो कार्य’क्रम गर्न बाध्य भयौँ ।

त्यसका लागि हामी क्षमा चाहन्छौँ’, पत्रकार सम्मे’लनमा नेत्री पम्फा भुसालले भनिन्। उनले आज (बुधबार) साँझ मशाल जुलुसको कार्यक्रम राखिएको जान’कारी दिइन्। उनले बन्दका क्रममा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्या’वश्यक बस्तु आयात गर्ने साधनहरु भने चल्न दिने जानकारी दिइन्। उनले परीक्षा सञ्चालनमा पनि कुनै अव’रोध नहुने जानकारी दिइन्।

सात मतदानस्थल थप्न सि’फारिस
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले, निर्वाचन आयोगसमक्ष सात मतदानस्थल थप्न सि’फारिस गरेको छ । मतदान गर्न अपायक परेका क्षेत्रका मतदातालाई पायक पार्ने गरी मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । कार्यालयका निर्वाचन अधिकारी खिलबहादुर दर्लामीले तीनपाटन गाउँपालिका–३ जोगे, ४ को सालुके र ९ को सिम्लेमा मतदानस्थल थप्न सि’फारिश भएको हो ।

कमलामाई नगरपालिका–११ फालचुरी, १२ को टन्सार र कुण्डेश्वरीमा र गोलन्जोर गाउँपालि’काको नाकाजोलिमा मतदानस्थल थप्न भनिएको छ । नागरिकले धेरै टाढा, घण्टौँसम्म पैदल हिँडेर मतदान गर्दै आएको र भूगोल र मतदाताको सङ्ख्याका आधारमा मतदानस्थल थप गर्न जिल्लामा भएको सहमतिका आधारमा आयो’गलाई सिफारिस गरिएको उहाँको भनाइ छ ।

निर्वाचन कार्याल’यले वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि केन्द्रको तयारीअनुसार नै कार्यक्रम र गतिविधि सञ्चालन गर्दै आएको छ । आयोगमा कार्यालयले कार्यतालिकाअनुसार मत’दाताको नामावली अद्यावधिक गर्नसमेत पठाएको जानकारी दिनुभयो । २०७४ सालमा एक लाख ८१ हजार ५२६ मतदाता रहेका थिए । कार्यालमा पुस ५ गतेसम्म फोटोसहितको मतदाता ना’मावलीमा समा’वेश भएका एक लाख ९२ हजार ३९५ जनाको फोटोसहितको नामावली निर्वा’चन आयोगमा पठाइएको छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्