दुर्गेश थापाको अभिनय रहेको इश्वरी अर्यालको गीत ‘डाँडै बिसौनीको’ चर्चामा हेर्नुहोस् भिडियो

कामको सिलसिलामा विदेशी भू’मिमा रहेर पनि लोकगीत लेखनमा सीप भएकी धादिङे चेली ईश्वरी अर्याल लेखनमा कहिल्यै आराम नलिने नाम हो । केही म’हिनाअघि मात्रै ‘ बरको पात ’ लोकगीत ल्याएर चर्चामा रहेकी गीतकार इश्वरी अर्यालको नयाँ गीत ‘डाँडै बिसौनी’ यही सो’मबार सार्व’जनिक भएको छ ।

लोक संगीतलाई प्रदेशी भूमिमा बसेरै असाध्य माया गर्ने गीतकार अर्यालको ‘डाँडै बिसौनीको’ सार्व’जनिक भएसँगै चर्चा चुलिएको छ । अर्यालको शब्द रचना’मा पछिल्लो समय लोकसंगीतका भाइरल गायिका मेनुका परियार र विक्रम परियारको श्वर असाध्य सुहाएको छ । गायक गा’यिकाले गीतको मर्मलाई अति न्याय गरेको गीत सुन्दा अनुभूत हुन्छ ।

विक्रम र मेनुकाको आवाज डाँडै पिपलुका लागि असाध्य सुहाएको छ । त्यसैले होला सार्वज&निक भएको भोलिपल्टै यसका सयौं टिकटक बनेका छन् । गीतको प्रतिक्रियाबारे ईश्वरी भन्छिन्, दोस्रो दिनमै गीतबारे देखि’एको चर्चाले लोक रचनामा अझ लाग्न प्रोत्साहन मिलेको छ । श्रोताको चाहनालाई न्याय गर्दै यस क्षेत्रमा लागिरहने गीत’कार अर्याल बताउँछिन् ।

सोमबार सार्व’जनिक ‘चल्यौ बतास” संगीत संयोजन भने प्रिय कुमारले गरेका छन् । मेनुका र विक्रमको स्वरले सजिएको गीत नेपालमात्र नभई विश्वका कुनाकु’नामा बसेकाले पनि मन पराएका छन् । अर्यालको लोकगीत “डाँडै बिसौनी” निर्देशन भने का’जिश श्रेष्ठले गरेका छन् । निर्देशक श्रेष्ठसँगै चर्चित गायक तथा मोडल दुर्गेश थापा, अनुपा अधिकारीलगायतले भिडियोमा अभि’नय गरेका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्