नेपाली गीतसंगीत क्षेत्रकी लो’कप्रिय गायिका अञ्जु पन्तलाई संधै सोधिने प्रश्न हो जिवन साथी क’हिले खोज्ने ? उनले यो प्रश्नको जवाफ टार्दै आएकी थिइन् । तर अब उनी चाँडै विवाह गर्ने यो’जनामा छन् । गायक तथा संगीतकार मनोजराजसँग स’म्बन्ध विच्छेद भएपछि उनले छोरीको पालन पो’षण एक्लै गर्दै आएकी छन् । छोरी परितोषीकाको करले पनि उनी विवाह गर्ने मन’स्थितीमा पुगेकी हुन् । उनले यो कुराको खुलासा भने आफै गरेकी छन् ।
छोरीको खुसी’का लागि आफुले विवाहको बारेमा सोच्न थालेको उनले बताएकी थिइन् । आफुलाई छोरीले अब वि’वाह गर्नुपर्छ भनेर काउ’न्सिलिगं गरेको उनको भनाई छ । स्रोतका अनुसार अञ्जुले थीर कोइराला सँग विवाह गर्न लागेका हुन्। उनले विवाह गर्ने मन’स्थिती बनाएको स्वीकार गरेपनि कोसंग गर्न लागेकी हुन् भन्ने कुरा भने कतै खु’लाएकी भने छैनन् ।
तर उनका नजि’ककाहरुले उनले थिरसंग विवाह गर्न लागेको बताएका छन् । अञ्जु निकट स्रो’तका अनुसार थिर र अञ्जुले विवाह भव्यरुपमै गर्दैछन् । तर, त्यसअघि उनीहरुले ह’ल्ला गर्न चाहेका छैनन्। विवाहका लागि अञ्जु र थीर को अहिले एक चर्चित बुटि’कमा लुगा तयार भइरहेको छ ।
तर, विवाह कहिले भन्नेचाहिँ कतै बाट खुलेको छैन । गायिका अञ्जुको एक छोरी परितो’शिका छिन् परितोशिकाले हालै आफ्नी आमाको एक गीतको भिडियो मा मो’डलिङ गरेकी छन् । छोरी परितोशिकाकै करले गर्दा पनि अञ्जु विवाह गर्न बा’ध्य भएको बताइन्छ। – इताजा खबर बाट