ठेलामा मःम बेच्ने २५ वर्षे नवराजको सफलता

केही वर्षअ’घि पशुपति शर्माको ‘मलाई अमेरिका यहि मलाई जापान पनि यही’ गीतले खुबै प्रशं’सा पायो । धेरैका लागि यो गीत रमाइलोका लागि मात्र बन्यो तर केहीका लागि यो गीत गुरु बन्यो । गीतमा बोलिएका प्रत्येक शब्द प्रेरक जीवन उप’योगी सीप बने ।

स्वदे’शमै केही गरौं भन्ने सो’चका साथ साना र लघु उद्यम गर्दै आएका युवाका लागि भने पशुपतिको गीत एक उर्जा बन्यो । यसरी देशमै पसिना बगाएर स’फल बन्ने उद्देश्यका साथ मेहनत गरि’रहेका युवा हुन्- गुल्मीका २५ वर्षे नवराज भण्डारी ।

उनको मेहनत परि’श्रमले उनलाई हङकङ, बेलायत, सिंगापुर अमेरिका नै चाव’हिलको स्तुपा बनेको छ । उनलाई मात्र होइन उनको ठेलामा मःम खाना आउनेहरुले पनि कुनै ‘रेष्टुरेन्ट’ भन्दा कम महशुस गर्दैनन् । परिश्रम र मेहनत गर्नेहरु स्वदेशमै रमाउँछन् । विदे’शमा गएर मात्र पैसा कमाउन सकि’न्छ भन्ने सोच हुनेहरुका लागि नवराज एक उदाहण पनि बन्न सक्छन् ।

नवराजको स्थायी घर गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नम्बर १ हो । सानै छँदा उनका बुबाको मृ’त्यु भयो । उनी परिवारका कान्छा छोरा । गाउँमै जन्मिएका उनी बिहानबेलुका खेती’पातीमा काम गर्थे साथै दिउँसो विद्यालय जान्थेँ । पढाई पनि राम्रै थियो उनको ।

नवराज एसएलसी पास गर्नसाथ उच्च शिक्षाको खोजीमा ०६८ सालमा काठमाडौं प्रवेश गरे । शुरुमा तिन’कुनेमा डेरा लिएर दाजुसँग बसे । ‘गाउँबाट एसएलसी पास भएर क्याम्पस पढ्न आएँ, क्याम्पस भर्ना पनि भएँ’उनले काठमाडौंका शुरुका दिन दिन सुनाउँदै हसिँलो चेहे’रासहित मुस्कुराउँथे । अनि केहि मलिन अनुहार लगाएर भने, ‘पढ्ने भनेर आएको अचा’नक कलेज जान मनै लागेन ।’

एक्का’सी उनको धनी बन्ने उनको रहरका कारण कलेज जाने रहर टुटेको रहेछ । ‘मलाई पनि विदेश जाने रहर लाग्यो । बेलैमा धेरै धन कमाउन विदेश नै उप’युक्त हो भन्ने लागेको थियो,’ नवराजले भने, ‘विदेश जाने रहरले नै क्याम्पस छोडेँ । म कतार पनि गएँ । त्यहाँ पुगेपछि नेपालमै केही गर्नुपर्छ भन्ने भा’वना पलायो । अहिले यहाँ जसोतसो गरिरहेको छु ।’

५ वर्षअघि उनी पैसा कमा’उन कतार पुगेका रहेछन् । थोरै लगानीमा ६ महिनाका कतार बस्ता आम्दा’नी राम्रै भएको उनले सुनाए । तर कतारमा काम गर्दै-गर्दै उनलाई नेपालमा गएर केही गर्नुपर्छ भन्ने सोच आउन थाल्यो । ‘कतारमा महिनाको ५० हजारसम्म कमाउथेँ, तर विदेशमा काम गर्नुभन्दा स्वदे’शमै केही गर्नुपर्छ भन्ने सोचेर पैसा बचत गर्न थालेँ’नवराजले भने । त्यही सोचलाई साकार पार्न उनी आफूले कमाएको पैसा लिएर ६ महिनापछि नेपाल फ’र्किए । आफ्नै जन्मभूमिमा फर्किंदा अब जे गर्छु, स्वदे’शमै गर्छु भन्ने सोच आएको थियो उनलाई ।

काठमाडौं आएसँगै चावहिल स्तुपा छेउमा डेरा लिए । श्रीमती र एक छोरासँगै रमा’उँदै बस्न थाले । दुःखसुख जेभएपनि परिवारसँग बस्न पाउँदा छुट्टै आनन्द हुने नव’राजले सुनाए । भन्छन्, ‘पैसा मात्र ठुलो कुरा होइन रै’छ, परिवारको साथमा बस्न पाउनु नै खुसीको कुरा हो ।’काठमा’डौंको ठाउँ । महंगी उस्तै । जागिर बिना कसरी बस्न सकिन्थ्यो र ? ‘पाइलैपिच्छे पैसा लाग्थ्यो’ उनले थपेँ । फेरि कतारबाट आउँदा ल्याएको पैसा पनि बि’स्तारै खर्च हुदै जान थाल्यो ।

के गर्ने ? कसरी पैसा क’माउने ? व्यापार व्यवसाय गर्न नि प्रशस्त लगानी लाग्छ ! उनी मनमनै सोच्थे । पहिल्यै कुक सिकेकाले उनलाई होट’लप्रतिको मोह थियो । त्यसलाई प्रयोग गर्ने सोचले उनले ठेला बनाउन दिने र त्यसमा मःम बनाएर बेच्ने कल्पना गरे ।
ठेलामा मःमको व्या’पार नवराजले करिब ४ वर्षअघि ५० हजार लगानीमा ठेला मःम राख्न शुरु गरे । ‘कसैलाई चिनेको थिइनँ, नयाँ व्यवसाय शुरु गर्दै थिए, व्यापार होला कि नहोला भन्ने चिन्ताले पिरोल्थ्यो’ उनले विगतलाई सम्झ’दैँ भने ।

तर मेहनती नवराजको परि’श्रमलाई सबैले मन पराउन थाले । एका-एक व्यव’साय राम्रो बन्दै गयो । मानिसहरु दैनिक जसो उनको ठेलामा मःम खान आउन थाले । सुरुवाती दिनमा नै राम्रो व्यापार हुन थाल्यो । दिनभरी स्तुपाको फु’टपाथमा मःम बेच्न बस्ने गरेको बताउँदै नवराज भन्छन्, ‘मासिक एक-डेढलाख सम्म क’माउने गर्थे’।

तर केही सम’यपछि महानगरले फुटपाथमा बेच्न नदिने नियम ल्यायो । नियम उल्लङघन गर्नेलाई कारवाही र जरि’वाना पनि हुन्छ भन्यो त्यसपछि व्यापार अलि सुस्ताएको अनुभव उनले सुनाए । महानगरले रोक्दै’मा उनको कमाइ खाने भाडो कहा सुक्थ्यो र ? भन्छन्, ‘जाँगर हुनुपर्‍यो, काम गर्नका लागि जति पनि अवसर छन्’ । अब झन अर्को विक’ल्प पनि रोज्न थाले उनी ।

बिहानको समय अर्कै व्य’वसाय सुरु गर्ने सोचे । उनको सोचसँगै अर्को व्यवसाय पनि सुरु भयो ‘ठेलामा जुत्ता चप्पल बेच्ने’। ‘बिहान जुत्ता चप्पल बेच्ने र बेलुकी मःम बेच्ने सोच बनाएँ, यी सबै काममा जीवन साथीको सहयो’गले अघि बढ्दै गएँ’नवराजले खुसी हुदै भने ।

जुत्ता’चप्पल र मःमसँग गाँसिएको दैनिकी
उनी बिहान सवेरै उठछन् । ठेलामा जुत्ता चप्पल मिलाएर राख्छन् र ७ बजेतिर डेरा’बाट निस्कछन् । ठेला धकेल्दै चावहिल, चुच्चेपाटी, बौद्ध, कुमारीगल, गौरीघाट, मित्रपार्कसम्म पुग्छन् । उनले ठेलामा एक सय देखि ४ सय रुपैँया’सम्मका जुत्ता चप्पल बेच्न राखेका छन् ।

ठेला गुडाउँदै घुम्ने क्रममा उनी १२ बजे चावहिल आइपुग्छन् । थकान महशुस गर्दै डे’रातिर पस्छन् । खाना खान्छन् र हत्तारहत्तार गर्दै मःम र ससेजका लागि सामग्री तयार पार्दै ठेला स्तुपा अगााडी लैजान्छन् । दिउँसोको ३ बजेदेखि बेलुकी ८ बजेसम्म उनको ठेला वरि’परी मःम खानेहरुको लाइन बन्छ ।

कुराकानीका क्रममा मुसु’क्क हास्दैँ उनी भन्छन्, ‘लामो समय भएकाले पूरानै ग्राहक बढि आउँछन्, नयाँ ग्राहकहरुले पनि मिठो मान्छन्, थपी थपी खान्छन् ।’ ‘व्यापार पनि राम्रै छ मासिक ७० हजा’रसम्म आम्दानी हुन्छ’उनले भने ।

ग्राहकसँग मीठो बोली बोल्ने बानी र गर्ने व्यव’हारले पनि होला उनको ठेलामा मःम खानेको भीड सधै उस्तै देखिन्छ । उनी भ्याइनभ्याइ काम गरिरहन्छन् । ‘दैनिक ८० प्लेटसम्म मःम बेच्छु, ४ केजीसम्म ससेज बेच्छु’उनले भने ।

मःमबाट राम्रै कमा_इरहेका उनले जुत्ता चप्पलबाट पनि चित्त बुझ्दो आम्दानी भएको सुनाउँछन् । ‘कहिले एकै दिन ४/५ हजारको व्यापार हुन्छ, कहिले ५ सयको मात्रा हुन्छ’उनले भने । साथै निरन्तर खट्न सकेमा राम्रै व्या’पार हुने उनको भनाई छ । कामप्रति उनको लगावले पैसा कमाउन मेहनत र ला’गाव चाहिन्छ भन्ने बुझ्न सकिन्छ ।

‘पैसा कमा’उनका लागि संघर्ष त चाहिन्छ नै तर बढि परिश्रम चाहिँदैन । दिमाग लगाउन सकेमा आनन्दले पैसा कमाउन सकिन्छ’उनी भन्छन् । नेपालमा जागिर नै छैन भन्दै युवाहरु वैदेशिक रोजगारीमा जाने गर्छन् तर सोच्ने हो भने जताततै रो’जगारका स्रोत छन् । थोरै र साना व्यवसायबाटै कामको थालनी गर्नुपर्छ । अन्तमा उनले भने, ‘पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन स्वदेशमै पनि पैसा फलाउन सकिन्छ । तर, सकारात्मक र सिर्ज’नात्मक सोच चाहिन्छ ।’ – खबरहबबाट

प्रतिकृया दिनुहोस्