विदेशमा युवतीलाई यस्तो सम्म गर्दा रहेछन्, जोर्डनमा बेचिएकी चेली रुदै सुनाईन पिडा (हेर्नुहोस् भिडियो)

जोर्डनमा बेचि’एकी चेली नेपालको धर्ती टे’क्दा निकै भक्कानिइन् । उनले नेपालमा सकृ’य उद्दार’कर्ताहरुको सम्पर्कमा आएपछि स्वदेश आउन सफल भइन् । उनलाई धर्म परि’वर्तन गराएर जोर्डन लगिएको थियो । हिन्दु धर्म मान्ने उनलाई क्रिश्चियन बनाएर जोर्डन लगिएको कुरा उनले त्यहाँ पुगे’पछि मात्र थाहा पाएकी थिइन् ।

वैदेशिक रोजगारको नाममा द’लालहरुले अशिक्षित र निकै सोझा महिलाहरुलाई त्यहाँ लैजा’ने गरेको आफुले थाहा पाएको उनले बताएकी छन् । उनले आफु जस्तै झण्डै ९ जना महिलाहरुलाई त्यहाँ लगिएको बताएकी छन् । उनले आफु अहिले पनि अ’सुरक्षित महशुष गरेको बताएकी छन् । म जस्तै अरु महिला पनि त्यहाँ छन् तर मलाई एक’दम डर लागेको छ, काठमाडौ स्थित विमानस्थलमा ओर्लिए’पछि उनले भनिन् ।
उनले केही दिनभित्रै उद्दा’र नभए म जिवित रहन सक्दिन भनेर उनले जानकारी ग’राएकी थिइन् । काठमाडौ उत्रिएपछि महिला निकै भावुक भइन् । उनी रुँदै गर्दा उ’द्दारमा संलग्नहरुले उनलाई कमजोर नहुन भन्दै हौस्याएका थिए । जसमा ज्वाला संग्रौला ल’गायत सहभागी थिए ।

पुजा राई नाम गरेकी युवतीको नामवाट आफुलाई दुइ तीन दिन भित्रैमा उद्दा’र नगरे म बाँच्न सक्दिन भनेर म्या’सेज आउपछि आफुहरुले नेपाल ल्याउन पहल गरेको ब’ताएका छन् । उनले आफु जोर्डनको कुन ठाउँमा छु भन्ने पनि थाहा नपाए’को बताएकी छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्