गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक स’मस्या, उधारोमा निर्माण हुँदै

भरतपुर महानगरपालिका वडा नम्वर १५ रामपुरमा नि’र्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्मा’ण अभियानमा आर्थिक समस्या उत्पन्न भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ यतिबेला उ’धारोमै भएपनि रंगशाला निर्मा’णमा जुटिरहेका छन् ।

रंगशालाको प्रवेश’द्वारमै बनेको नमूना रंगशालामा त केही महिनाअघि राष्ट्रिय टिमका अधिकांश खेलाडीको सहभा’गितामा राष्ट्रिय प्रतियोगिता सम्पन्न गरियो । उत्त मैदानमा राष्ट्रिय टिमका खे’लाडी आउदै गर्दा नेपालीहरु छिट्टै अब रंगशाला नि’र्माण हुने आशामा पनि थिए ।

हुन पनि रंगशाला नि’र्माणमा आर्थिक अभाव नभएको भए एक वर्षभित्रमा नि’र्माणको काम सक्ने धुर्मूसको दा’बी छ । झट्ट हेर्दा बन्दै गरेको रंगशालाको मुख्य क्रिकेट मैदान र प्याराफिटले पनि रंगशालाको आका’र लिएको पाइन्छ ।

हालस’म्म रंगशालाको मैदान निर्माणको काम ८५ प्रतिशत सकिएको छ । अहिले स्ट्यान्ड ए र बी दुबै प्या’राफिटको जग तयार भइ प्लिन्थ बिमको काम सम्पन्न भ’इसकेको छ । साउन १ गते बाट सुरू भएको पिलर निर्माणको काम ६ महिनाको अवधिमा २८६ वटा पिल्लर उठि’रहेको देख्न सकिन्छ ।

पुष मसान्त’सम्मलाई हेर्ने हो भने रंगशाला निर्मा’णका लागि ३८ करोड ५४ लाख ९७ हजार १५५ रुपैयाँ खर्च गरिसकेको छ । तर अहिलेसम्मको आम्दा’नी भने करिब ३१ करोड रुपैयाँमात्रै छ । पछिल्ला दिनको पनि हिसाब गर्दा रंगशालाको आम्दा’नीभन्दा ८ करोड रुपैयाँ बढी खर्च भएको देखिन्छ । विस्तृत परि’योजना प्रतिवेदन (डीपीआर)मा रंगशाला नि’र्माणका लागि ३ अर्ब ५५ करोड रुपैयाँ लाग्ने उल्लेख छ ।

रंगशाला निर्मा’ण महाअभियानमा जोडिनेहरुले रंगशालालाई सहयोग गर्ने बचन दिएकोे भएपनि उत्त रकम सं’कलन नभएको धुर्मुस बताउछन् । धुर्मुसका अनुसार रंगशा’लाका लागि बोलकबोल भएर पनि उठ्न नसकेको रकम हालसम्मको कुल खर्च रक’मभन्दा करिब दोब्बरले बढी छ ।

रंगशाला निर्मा’णका लागि सहयोग घोषणा गर्नेलाई हरेक दिनजसो फोन गरेर सम्झाउने गरेको धुर्मुसको भनाइ छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्मा’णका लागि गत वर्षको माघ १९ देखि २६ गतेसम्म धनधान्याचल महो’त्सव आयोजना गरिएको थियो ।

केही रकम भए’पनि सहयोग हुने उद्देश्यले गरिएको उत्त म’हाज्ञमा बोलकबोलको रकम समेत हा’लसम्म संकलन नभएको अवस्था छ । महाय’ज्ञबाट ६९ करोड रुपैयाँ बोलकबोल भएको घोषणा गरिएको थियो । तर उक्त रकमको करिब १५ प्रतिशतमात्रै रंगशा’लालाई प्राप्त भएको छ । पुष मसान्त’सम्ममा जम्मा १२ करोड संकलन भएके देखिन्छ ।

उसो त धान्याचलमा बाग’मती प्रदेश सकारले ३० करोड रुपैयाँ सहयोग घोषणा गरेकोमा अहिलेसम्म एक रुपैयाँ पनि सहयोग गरेको छैन । उता बाग’मती सरकारले अहिलेसम्म रंगशा’लाका लागि विनियोजित बजेटबाट ३ करोड रुपैयाँ सह’योग गरेको भएपनि उत्त रकम धान्याचलमा बोलेकोभन्दा फरक रहेको छ ।

बागमति प्रदेश सरका’रसँगै महोत्सवमा नेपाल सरकारका विभिन्न निकायले ५१ करोड १२ लाख ३० हजार ८३२ रुपैयाँ सहयोग घोषणा गरेका थिए । यता भरतपुर महानगर’पालिकाले भने रंगशाला निर्मा’णको लागि ८ करोड सहयोग गरेको छ ।

त्यस्तै यता जिल्ला स’मन्वय समितिले महायज्ञलाई २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयो’गको घोषणा गरेको थियो । तर हालसम्म उत्त रकम मध्य रंगशालाले १ रुपैया पनि पाएको छैन्, अचम्मको कुरा त सहयोग समि’तिका संयोजक समन्वय स’मितिका प्रमुख कृष्ण प्रसाद डल्लकोटी रहेका थिए ।

महोत्सव’को आर्थिक व्यवस्थापन समितिका सदस्य टीकाराम लामिछानेकाअनुसार सरकारी नि’कायले बोलकबोल गरेको अधिकांश सहयोग रकम यस्तै प्रावि’धिक कारण देखाएर अड्काइदै आएको छ ।

गैंडाकोट नगरपा’लिकाले कबोल गरेको १ करोड, जिल्ला समन्वय महासंघले दिने भनेको ७७ लाख रुपैयाँ, मनहरी गाउँपा’लिकाले बोलेको ५५ लाख, माडी नगरपा’लिकाले बोलेको ३० लाख, कालिका नगरपालिकाको १५ लाख ५५ हजार ५५५, रत्ननगर नगरपालिकाको ७ लाख र राप्ती नगरपा’लिकाको ४ लाख रुपैयाँ प्राप्त भएको छैन ।

जिसस प्र’मुखकै अग्रसरतामा चितवनका स्थानीय तह र गैंडाकोट नगरपालिकामासमेत सहयोग समि’ति बनाइएको थियो । तर ती समितिले सहयोग अभियान सञ्चालन नै नगरेको गुनासो रंगशाला निर्माणका अभियन्ता गर्छन् । उसो त संवि’धान सभा सदस्यदेखि प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका आधा दर्जन बढी सांसदले समेत बोलेको रकम रंग’शालालाई दिएका छैनन् । उनीहरूले ५० हजारदेखि ११ लाख ५१ हजार रुपैयाँ’सम्म बोलेका थिए ।

देशभर चर्चा कमा’एका व्यापारी, निर्माण व्यवसायीदेखि अस्पताल तथा मेडिकल कलेज सञ्चाल’कले बोलेको रकम पनि प्राप्त हुन सकेको छैन । फाउन्डे’सनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ उधारो तिर्न नसक्दा असाध्यै पीडा भएको सुना’उँछन् ।

रंगशालाका लागि धमा’धम सहयोगको घोषणा भइरहँदा उनले व्यवसायीसँग करोडौं रुपैयाँका निर्माण सामग्री उधारोमा ल्याएका थिए । घोषणा गरिएको उल्लेख्य सह’योग रकमका कारण व्यव’सायीले सहज रूपमा सामग्री उपलब्ध गराएका थिए । स्वघोषणा गरिएको रकम प्राप्त हुन नसक्दा फाउन्डेसनले उधारोमा ल्या’एको सामानको पैसा चुक्ता गर्न सकेको छैन । बिहान उठेदेखि सुत्नुअघिसम्म उधारोको विष’यमा मात्रै फोन आउँदा धुर्मुस मानसिक तनाबमा जस्तो देखिन्छन् ।

बोलक’बोल गरिएको रकम समयमै उठ्ला भनेर एक महिना भित्रैमा तिर्छौं भनि ल्याइएको सामा’नको पैसा एक वर्षसम्म पनि तिर्न नसक्दा पछिल्ला दिनमा तुरून्तै पैसा देउ भनेर धम्क्या’उने, थर्काउने शैलीमा पनि फोन आउने गरेको धु’र्मुस बताउँछन् ।

उनका अनु’सार एउटै व्यव’सायीसँग साढे तीन करोड रुपैयाँसम्मको सामग्री उधारोमा ल्याइएको छ । यो अवस्था’मा त गतिमा गइरहेको काममै ब्रेक लाग्ने हो कि भन्ने चिन्ता समेत पर्न थालेको सुन्तलीको भनाइ छ । गत दशैंमा कामदा’रलाई ज्याला दिन नसक्दा फाउन्डेसनले अध्यक्ष कट्टेल र कर्मचा’रीको नाममा ऋणस’मेत लिएका थिए । धुर्मुसले कर्मचारीको तलबका लागि भन्दै बिभिन्न सह_कारी मार्फत ९० लाख रुपैयाँ ऋण लिएका थिए । – न्यूज24 बाट

प्रतिकृया दिनुहोस्