पशुपतिनाथ मन्दिरमा १०८ केजी सुनले शिवलिङ्गको ज’लप बनाइने

पशुपति क्षेत्र वि’कास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको ज’लहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको ज’लप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले रास’सलाई जानकारी दिनुभयो । यसका लागि १४२ किलोग्राम सुन लाग्ने प्रार’म्भिक अनु’मान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनु’मान गरिएको पनि उहाँले बताउनुभयो ।

“कोषको वार्षि’कोत्सवसमेत रहेको पुण्य तिथि अक्षय तृती’यासम्म सुनको जलहरि र जलप लगा’इसक्ने गरी प्रक्रिया शुरु भएको छ, यसका लागि करीब रु एक अर्ब बजेट लाग्ने अ’नुमान गरिएको छ, रु ६५ करोड कोषसँग छ, रु ३० करोड सर’कारले दिने भएको छ”, सदस्यसचिव ढकालले भन्नुभयो । सुनको जलहरि र जलप लगाएका ब’साहा एवं छाना ३०० वर्षसम्म परिव’र्तन गर्नु नपर्ने कोषले जनाएको छ । कम्तीमा सात पुस्ता’सम्म पुग्ने गरी दिगो काम गर्न लागिएको जनाइएको छ ।

कानूनी एवं धार्मिक विधि पु¥’याएर यो काम गर्ने कोषको तयारी छ । सुनको जलहरि र जल’पका लागि टेन्डर प्रक्रिया शुरु भइसकेको छ ।सुनको काम गर्ने का’लीगढ कोषमै राखेर काम गरिनेछ । यससम्बन्धी विस्तृत विवरण महा’शिवरात्रिअघि नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने कोषको प्रतिबद्धता छ । १०८ ब्राह्मणबाट धा’र्मिक विधि पूरा गरेर काम अघि बढाइनेछ ।

अहिलेसम्म पशुपतिनाथ मन्दिरमा चाँदीको ज’लहरि छ । चाँदीको जलहरि जीर्ण भएकाले शिवलिङ्गको फेदस’म्म भगवान् अर्पण गरिएको पञ्चामृत, दूध, जललगायत पुग्दा बि’ग्रने भएकाले पनि पवित्र धातु सुन प्रयोग गर्ने नि’र्णय गरिएको कोषले जनाएको छ । प्यागौडा शैलीको पशुपतिनाथको छाना र बसाहामा यसअघि पनि सुनको जलप ल’गाइएको थियो । विसं २०१६ अघि नै लगाइएको जल’प खुइलिन थालेपछि फेरि लेपन गर्न लागिएको हो ।

चाँदीकोजलहरि भने त्यसअघि नै राखिएको ‘जनाइएको छ । गत सोमबार पशुपतिनाथ मन्दिरमा वि’शेष पूजा एवं सवालाख दीप प्रज्वलन गर्न पुग्नु’भएका प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलप लगाउन कोषलाई रु ३० करोड बजेट विनियोजन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई निर्दे’शन दिनुभएको थियो ।

प्रधानमन्त्रीको निर्देश’नलगत्तै बुधबार कोष सञ्चालक परिषद्को बैठकले सुनको जलहरि र जलप’सम्बन्धी निर्णय गरेको छ । कोषको संरक्षक प्रधानमन्त्री र स’ञ्चालक परिषद्को अध्यक्ष संस्कृति मन्त्री रहने कानून व्यवस्था छ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्